गृहपृष्ठ ∕ अर्थ ∕ दशैंमा वालेट मार्फत एकै दिन ३० वटा सम्म कारोबार गर्न सकिनेदशैंमा वालेट मार्फत एकै दिन ३० वटा सम्म कारोबार गर्न सकिने नेपालीपत्र मंगलबार, २०८१ असोज २२ गते, १३:२७ मा प्रकाशित अर्थ काठमाडौं । नेपाल राष्ट्र बैंकले वालेट मार्फत प्रति दिन गर्न पाउने कारोबार सङ्ख्या बढाएको छ ।दशैं तथा तिहारमा हुने कारोबार तथा दक्षिणा आदान प्रदानलाई सहज बनाउने उद्देश्यले यस्तो सीमा बढाइएको हो । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले यस्ता वालेट प्रयोगकर्ताले दशैंको दश दिन र तिहारको सात दिनका लागि एकै दिनमा ३० पटकसम्म कारोबार गर्न पाउने व्यवस्था गरेको हो ।सामान्य अवस्थामा एक दिनमा बढीमा १० वटा मात्रै कारोबार गर्न पाइन्थ्यो । यो संशोधन दशैंका लागि असोज २१ गते देखि कात्तिक १ गत सम्म र तिहारका लागि कात्तिक १५ गते देखि कात्तिक २२ गते सम्मका लागि लागू हुने विभागका राष्ट्र बैंकले जनाएको छ ।अहिले बजारमा २७ वटा भुक्तानी सेवा प्रदायक कम्पनीका वालेट सेवा सञ्चालनका छन् । इसेवा, खल्ती, आईएमई–पे लगायत वालेटहरू बढी प्रयोगमा छन् । #नेपाल राष्ट्र बैँकग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार दिक्तेल रुपाकोट मझुवागढीमा ‘कृषक सँग उपप्रमुख कार्यक्रम’खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कफीखेती प्रवर्द्धन कार्यक्रम शुरुआत गरेको छ । नगरपालिकाको ‘कृषक सँग उपप्रमुख कार्यक्रम’ अन्तर्गत स्थानीय कर्णालीका दुग्ध उत्पादक किसानले प्रोत्साहनसुर्खेत । तीन हजार बढी दुग्ध उत्पादक किसानलाई कर्णाली प्रदेश सरकारले प्रोत्साहनका लागि रू एक करोड २३ हजार उपलब्ध गराएको काठेखोलामा ५ करोड ४० लाखको सुन्तला उत्पादनबागलुङ । काठेखोला गाउँपालिका–६ का किसानले गत वर्षको तुलनामा यस वर्ष ५ करोड ४० लाखको सुन्तला बिक्री गरेका छन् । ५ महिनामा ७ करोड राजस्व सङ्कलनतनहुँ । यातायात व्यवस्था कार्यालय तनहुँले पाँच महिनाको अवधिमा ७ करोड भन्दा बढी राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक सुनको मूल्य तोलमा २ हजारले बढ्योकाठमाडौं । नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र नेपाली बजारमा माग बढे सँगै होटल उद्योगमा साढे पाँच खर्ब स्थायी लगानीकाठमाडाैँ । नेपालको होटल उद्योगमा साढे पाँच खर्ब स्थायी लगानी रहको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले हिजो सार्वजनिक गरेको ‘राष्ट्रियधेरै पढिएका खबर १ ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत २ कर्णालीका दुग्ध उत्पादक किसानले प्रोत्साहन ३ जनशक्ति अभावले आधुनिक अल्लो उद्योग बन्द ४ अध्यादेश मार्फत कानुन बनाउनु गलत: कांग्रेस नेता साउद ५ अस्ट्रेलिया जान कस्तो छ अहिलेको अवस्था ? ६ रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउन आदेश ७ बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा बिरामी प्रेषण निर्देशिका जारीThe Film Nepal