काठमाडौँ। सोमबार शेयर बजारमा सामान्य वृद्धि भएको छ। आज ७ दशमलव ७९ अङ्कले बढेर १ हजार ९८७ दशमलव ८७ बिन्दुमा पुगेको छ।
आज होटल तथा पर्यटन समूहको शेयर उच्च अङ्कले बढेको छ। विकास बैंक र फाइनान्स समूहको शेयर दोहोरो अङ्कले घटेको छ। आज कारोबार रकम पनि हिजोको भन्दा घटेको छ।
हिजो झण्डै साढे तीन अर्बको कारोबार भएकोमा आज दुई सय ८५ वटा कम्पनीका ७४ लाख ५४ हजार कित्ता शेयर दुई अर्ब ८८ करोड ६५ लाख रुपैयाँमा कारोबार भयो । सबैभन्दा धेरै सोल्टी होटलको १५ करोड २८ लाख रुपैयाँको शेयर किनबेच भयो।
आज अभियान लघुवित्त, कालीञ्चोक दर्शन र भूगोल इनर्जीको शेयर १० प्रतिशतले बढेको छ। समग्रमा बजार बढेको दिन आज प्रभु स्मार्ट फण्डको शेयर १० प्रतिशतले घटेको छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
सर्लाही। चन्द्रनगर गाउँपालिकाका किसान विद्युतीकरणपछि मकैखेतीतर्फ आकर्षित भएका छन् । सिँचाइ सुविधा नभएपछि यहाँका किसानले अकासे पानीको भरमा खेती गर्दै
काठमाडाैँ । नेपाल स्टक एक्सचेन्स (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चूडामणि चापागाईं नियुक्त भएका छन् । नवनियुक्त सीईओ
पर्सा । पर्साको वीरगञ्ज सुक्खा बन्दरगाहको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भारतीय कम्पनी प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालिले पाएको छ ।
काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले सोमबार मध्यरातदेखि
तनहुँ । आँबुखैरेनी गाउँपालिकाका मा तीन वटा ग्रामीण सडकको धमाधम स्तरोन्नतिको भइरहेको छ । तीनवटै सडकको काम अन्तिम चरणमा पुगेको
पाल्पा । आलु, गहुँलगायत बाली भित्र्याएका पाल्पाका किसानलाई चैते धान रोपाइँको चटारो थपिएको छ । यहाँका पूर्वखोला, रामपुर, रम्भा, निस्दीलगायत फाँटका