Techie IT
२०८१ फागुन ६, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअर्थबीवाइडीकाे अफर: गाडी बुकिङ गर्दा एक वर्षकाे इन्स्योरेन्स र चार्जर निःशुल्क

बीवाइडीकाे अफर: गाडी बुकिङ गर्दा एक वर्षकाे इन्स्योरेन्स र चार्जर निःशुल्क


काठमाडौँ । नेपालमा बीवाइडीको गाडीको आधिकारिक वितरक साइमेक्स इन्कले बिवाइडी गाडी बुकिङ गर्दा एक वर्षका इन्स्योरेन्स र २.३ किलोवाटको चार्जर निःशुल्क उपलब्ध गराउने भएको छ ।

‘नाडा अटो शो–२०२४’को अवसरमा कम्पनीले २०२४ भर्सनको ‘बीवाइडी एटो थ्री’ एडभन्स र सुपेरियर भेरियन्ट तथा बीवाइडी डल्फिनमा यो अफर ल्याएको हो । यो अफर पाउन ग्राहकले अटो शो अवधिभित्रै बुकिङ गरिसक्नुपर्ने छ भने तिहारसम्ममा खरिद गरिसक्नुपर्ने साइमेक्स इक्कले जनाएको छ ।

साइमेक्स इक्कका प्रमख बजार अधिकृत समीर श्रेष्ठका अनुसार बीवाइडी एटो थ्रीको २०२४ भर्सनमा बीवाइडी एपको नयाँ विशेषता थप गरिएको छ । उक्त एपले सवारी चालकले गाडी चलाइरहँदाको अनुभवलाई सहज तरिकारले नियन्त्रण प्रदान गर्न भूमिका खेल्छ । बीवाइडी एटो थ्रीको २०२४ भर्सनमा धेरै विशेषताहरु थप गरिएको उनले बताए ।

उनका अनुसार ती एपमार्फत गाडीको रेन्ज, पावर, लेवल र टावर प्रेसर चेक गर्न तथा गाडीका ढोका तथा झ्याल बन्द भएको वा नभएको थाहा पाउन सकिन्छ । उनले भने, ‘बीवाइडीको नयाँ भर्सनले विद्युतीय सवारीको प्रविधि र डिजाइनलाई प्रतिनिधित्व गरेको छ । यसको इन्फोटेनमेन्ट सिस्टमलाई समेत थप अपडेट गरिएको छ ।’

उनका अनुसार पहिले १२.८ इन्च रहेकोमा अब यो १५.६ इन्च छ र यसले ड्राइभर तथा प्यासेन्जरको डिजिटल अनुभवलाई अझै रमाइलो बनाउँछ । सुपेरियर ग्रिप र सबै टेरेन्समा राम्रो ह्यान्डलिङ प्रदान गर्न गाडीको दुवै भेरिएन्ट हाई–पर्फमेन्स कन्टिनेन्टल टायरले सुसज्जित गरिएको छ ।

बीवाईडी एटो ३ २०२४ भर्सन एड्भान्स्ड र सुपेरियर गरी दुई भेरिएन्टमा उपलब्ध रहेको छ । एड्भान्सडमा ४९.९२ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ र यसको मूल्य ५६ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

त्यसैगरी सुपेरियरमा ६०.४८ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ र यसको मूल्य ६७ लाख ८० हजार रुपैयाँ तोकिएको छ । दुवैमा १०० किलोवाटको मोटर रहेको छ । बीवाईडी एटो ३ को २०२४ भर्सन कसमस ब्ल्याक, स्कि ह्वाइट, बुल्डर ग्रे र सर्फ ब्लु गरी विभिन्न चार कलर अप्सनमा उपलब्ध छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भद्रपुर मालपोतद्वारा ४४ करोड ५० लाख राजस्व सङ्कलन

झापा। भूमिसुधार तथा मालपोत कार्यालय झापाले चालु आर्थिक वर्षको सात महिनामा रु ४४ करोड ५७ लाख ३७ हजार चार सय

बक्यौता नतिर्ने उद्योगको लाइन काट्न सहमति माग्दै प्राधिकरणले आयोगमा पत्र…

काठमाडाैँ । बक्यौता नतिर्ने उद्योगको लाइन काट्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ फेरि सक्रिय भएका छन् । यसअघि

सर्लाहीका ४७ जना उखु किसान सम्मानित

बरहथवा । इन्दु शङ्कर चिनी उद्योगले आधुनिक विधि र प्रविधिको प्रयोगसहित १९ जातका उखु उत्पादन गरेका ४७ जना उखु किसानलाई

छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड खर्च

काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड ७८ लाख बजेट खर्च भएको छ ।

समस्या झेल्दै ‘भोजपुरे खुकुरी’ उद्योग

भोजपुर। पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरी व्यवसायका लागि प्रख्यात छ । यहाँ बनेको खुकुरीको नेपालभित्र मात्र होइन, देशबाहिर पनि त्यतिकै

तल्लो सोलु हाइड्रो निर्माणको अन्तिम चरणमा

सोलुखुम्बु। जिल्लाको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला हाइड्रोपावर निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति

Techie IT