Techie IT
२०८१ असोज १, बुधबार
NepaliPatra logo
गृहपृष्ठअर्थमन्त्रीहरूलाई काम गर्न दबाब दिन निजी क्षेत्रसँग अर्थमन्त्री पौडेलको आग्रह

मन्त्रीहरूलाई काम गर्न दबाब दिन निजी क्षेत्रसँग अर्थमन्त्री पौडेलको आग्रह


काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मन्त्रीहरूलाई काम गर्न दबाब दिन निजी क्षेत्रसँग आग्रह गरेका छन् । मंगलबार काठमाडौँको भृकुटीमण्डपमा नाडा अटो सो, २०२४ को उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले मन्त्रीहरूले सुन्नैपर्ने र आउनैपर्ने बाहेकका कार्यक्रममा नबोलाइदिन आग्रह गरेका हुन् ।

‘मन्त्रीलाई एउटा अप्ठेरो हुँदो रहेछ, काम गर्ने कि भाषण गर्ने ? अहिले मन्त्रीहरूलाई भाषण नभई काम गरेर समयको उपयोग गर्नुपर्छ भन्ने लाग्छ । अर्थमन्त्रीले सुन्नैपर्ने, गर्नैपर्ने र आउनै पर्ने बाहेकका काम गर, भाषण कम गर भनि सहजिकरण गरिदिनहुन सादर अनुरोध गर्दछु,’ अर्थमन्त्री पौडेलले भने ।

बोलाएको कार्यक्रममा नजाँदा यथोचित मर्यादा र आदर नभएको गुनासो आउने भन्दै कार्यक्रममा बोलाउने भन्दा काम गर्न, नीति नियम बनाउने काममा लाग्न दबाब दिन उनले निजी क्षेत्रलाई सुझाए ।

त्यस्तै, उनले नीतिगत स्थिरता सुरक्षित गर्ने हिसाबले वर्तमान सरकार अघि बढेको दाबी गरे ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सिटिजन्स बैंकको ‘स्मार्ट हब’ सेवा सञ्चालनमा

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले डिजिटल सेवालाई अझै परिस्कृत गर्ने योजना अनुरुप ‘स्मार्ट हब’ सेवा सञ्चालनमा ल्याएको छ ।

इसेवाको दशैं-तिहार चाडपर्वको अफरमा जुनसुकै कारोबार गर्दा नयाँ कार जित्न…

काठमाडौं । इसेवाले यसपालीको दशै-तिहार र छठ पर्व लक्षित गरेर “इसेवा महा-उत्सव: इसेवाको कारोबारमा नामीको दामी कार” अफर सार्वजनिक गरेको

टोस्टमास्टर्स नेपालको साइटेसन २०२४ सम्पन्न

काठमाडौँ । टोस्टमास्टर्स नेपालको साइटेसन २०२४ सम्पन्न भएको छ। यही भाद्र २९ गते शनिबार काठमाडौँको अलफ्टमा भएको उक्त साइटेसनमा देशभरका

तनहुँमा रासायनिक मल पर्याप्त मौज्दात

तनहुँ । कृषि सामग्री कम्पनी लिमिटेड तनहुँमा चालु आर्थिक वर्षमा मलखाद पर्याप्त मौज्दात रहेको छ । चालु आर्थिक वर्षमा मलको

प्रभु बैंक गण्डकी प्रदेशमा शैक्षिक केन्द्र स्थापना

काठमाडौँ । प्रभु बैंक लिमिटेडले यही भदौ २८ गते गण्डकी प्रदेश कार्यालय अन्तर्गत स्वदेश तथा विदेशमा उच्च शिक्षा हासिल गर्न

शेयर बजार ५७ अङ्कले घटेर २६ सय विन्दुभन्दा तल

काठमाडाैँ । शेयर बजार आज पनि उच्च अङ्कले घटेको छ । हिजो ५० अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज

Techie IT