गृहपृष्ठ ∕ अर्थ ∕ शेयर बजारमा २७ अर्ब २४ करोड रुपैयाँकाे ऐतिहासिक कारोबारशेयर बजारमा २७ अर्ब २४ करोड रुपैयाँकाे ऐतिहासिक कारोबार नेपालीपत्र सोमबार, २०८१ साउन २८ गते, १६:१२ मा प्रकाशित अर्थ काठमाडाैँ । शेयर बजारमा आज उच्च कारोबारको अर्काे रेकर्ड बनेको छ । शेयर बजार परिसूचक नेप्से आज ७० अङ्कभन्दा धेरैले बढेर २९ सय विन्दुभन्दा माथि पुग्दा २७ अर्ब रुपैयाँभन्दा धेरैको ऐतिहासिक कारोबार भएको छ । शेयर बजारमा हिजाे भएकाे २५ अर्ब ७७ करोड रुपैयाँको काराेबारकाे रेकर्ड आज नै ताेडिएकाे हाे ।आज तीन सय ३९ वटा कम्पनीका ६ करोड ४८ लाख कित्ता शेयर २७ अर्ब २४ करोड रुपैयाँमा कारोबार भएका छन् । आज हिमालयन रि–इन्सुरेन्स कम्पनीको एक अर्ब २२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।उच्च कारोबारको रेकर्ड बनेको दिन नेप्से ७० दशमलव ८१ अङ्कले बढेर दुई हजार नौ सय ३१ दशमलव ६५ विन्दुमा पुगेको छ । नेप्से साढे दुई वर्षयताकै उच्च विन्दुमा पुगेको छ ।आज १० वटा कम्पनीका शेयर १० प्रतिशतले बढेको छ । यस्तै नौ वटा कम्पनीका शेयर नौ प्रतिशतले भन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन कुथेली बुखारी कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ । #नेप्से #शेयर बजारग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार विद्युतीकरणपछि चन्द्रनगरका किसान मकैखेतीतर्फ आकर्षितसर्लाही। चन्द्रनगर गाउँपालिकाका किसान विद्युतीकरणपछि मकैखेतीतर्फ आकर्षित भएका छन् । सिँचाइ सुविधा नभएपछि यहाँका किसानले अकासे पानीको भरमा खेती गर्दै नेप्सेकाे सीईओमा चूडामणि चापागाईं नियुक्तकाठमाडाैँ । नेपाल स्टक एक्सचेन्स (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चूडामणि चापागाईं नियुक्त भएका छन् । नवनियुक्त सीईओ वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनको जिम्मेवारी भारतीय कम्पनीलाईपर्सा । पर्साको वीरगञ्ज सुक्खा बन्दरगाहको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भारतीय कम्पनी प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालिले पाएको छ । डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्योकाठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले सोमबार मध्यरातदेखि आँबुखैरेनीका तीन सडक धमाधम स्तरोन्नति हुँदैतनहुँ । आँबुखैरेनी गाउँपालिकाका मा तीन वटा ग्रामीण सडकको धमाधम स्तरोन्नतिको भइरहेको छ । तीनवटै सडकको काम अन्तिम चरणमा पुगेको पाल्पाका किसानलाई चैते धान रोप्न चटारोपाल्पा । आलु, गहुँलगायत बाली भित्र्याएका पाल्पाका किसानलाई चैते धान रोपाइँको चटारो थपिएको छ । यहाँका पूर्वखोला, रामपुर, रम्भा, निस्दीलगायत फाँटकाधेरै पढिएका खबर १ रवि लामिछाने कारागार चलान २ गाजाको विद्यालयमा इजरायलले गरेको आक्रमणमा २७ जनाको ज्यान गयो ३ म्याग्दीको चिमखोलाको भूमेपूजाले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा ४ वायुमा प्रदूषण उच्च: अनावश्यक यात्रा नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध ५ नेपाल विद्युत प्राधिकरणले शनिबार बिहान काठमाडौँका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द गर्ने ६ थापाको ‘आमा नभएको घर’ प्रकाशित ७ काठमाडौं महानगरपालिकाले ल्यायो घुम्ती खाद्य प्रयोगशाला सञ्चालनThe Film Nepal