Techie IT
२०८१ असोज १५, बुधबार
NepaliPatra logo
गृहपृष्ठअर्थशेयर बजारमा २० अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

शेयर बजारमा २० अर्ब रुपैयाँभन्दा धेरैको कारोबार


काठमाडाैँ । हिजो एक सय आठ अङ्कले बढेको शेयर बजार आज समान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से ६ दशमलव ७० अङ्कले बढेर दुई हजार सात सय ६६ दशमलव ३८ विन्दुमा पुगेको छ । दिनभर उतारचढाव भएको नेप्से बिहान ११ बजेर २४ मिनेटमा दुई हजार आठ सय ११ विन्दुमा पुगेको थियो ।

आज जलविद्युत्, लगानी, उत्पादन, म्युचल फन्ड, निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा होटल समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज कर्णाली विकास बैंक, शिवम् सिमेन्ट्स, घोराही सिमेन्ट इन्डस्ट्री, मिड सोलु हाइड्रोपावर, सोनापुर मिनरल्स एन्ड आयल र सर्वोत्तम सिमेन्टको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको शेयर भने आठ प्रतिशतले घटेको छ ।

आज तीन सय २२ वटा कम्पनीका पाँच करोड नौ लाख कित्ता शेयर २० अर्ब सात करोड रुपैयाँमा कारोबार भएको छ । आज शिवम् सिमेन्ट्स र हिमालयन रिइन्सुरेन्स कम्पनीको एक अर्ब रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

आगन स्वीट्सलाई विभागले तिरायो २ लाख जरिवाना

काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गुणस्तरहीन मिठाई बेच्ने आगन स्वीट्स ब्राण्डको मिठाई उत्पादक कम्पनीलाई २ लाख जरिवाना

चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व…

काठमाडौँ । चालु आर्थिक वर्ष २०८/०८२ का लागि सरकारले ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखिरहँदा विश्व बैंकले भने

शेयर बजार १ सय १४ अङ्कले बढेर २६ सय विन्दुमाथि

काठमाडाैँ । शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १ सय १४ दशमलव ७०

सुनको भाउ ५ सय रुपैयाँले घट्यो

काठमाडाैँ । सुनको भाउ आज घटेको छ । आज सुनको भाउ एक सय रुपौयाँले घटेर तोलाको एक लाख ६० हजार

नेपालबाट जापानमा घ्युलगायतका सामाग्री निर्यात

काठमाडौँ । सूर्योदय मिल्क एण्ड वेभरेज उद्योग विराटनगरले परम ब्रण्डको घ्यु दोस्रो पटक जापान पठाएको छ । पुनः १५ सय

शेयर बजारमा ३२ अंकको गिरावट

काठमाडौं । बुधबार ४९ अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार पुन: घटेको छ । साताको अन्तिम दिन नेप्से ३२.८१

Techie IT