Techie IT
२०८१ फागुन १९, सोमबार
NepaliPatra logo
गृहपृष्ठअर्थशेयर बजार १ सय ८ अङ्कले बढ्यो

शेयर बजार १ सय ८ अङ्कले बढ्यो


काठमाडाैँ । हिजो एक सय ४५ अङ्कले घटेको शेयर बजार आज एक सय आठ अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से एक सय आठ दशमलव ३५ अङ्कले बढेर दुई हजार सात सय ५९ दशमलव ६७ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा बीमा, होटल, विकास बैंक, फाइनान्स, उत्पादन, व्यापार, जलविद्युत्, माइक्रोफाइनान्स, अन्य समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज दुई सय ३९ वटा कम्पनीको शेयर बढेकोमा तीन वटा कम्पनीका शेयर भने घटेको छ । आज १० वटा कम्पनीका शेयरमा सकारात्मक सर्किट लागेको छ । यस्तै आठ वटा कम्पनीका शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । बजार उच्च अङ्कले बढेको दिन एनआईसी एशिया डिबेन्चर २०८३/८४ को शेयर भने झन्डै चार प्रतिशतले घटेको छ ।

आज कारोबार रकम भने घटेको छ । हिजो २३ अर्ब ७१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएर ऐतिहासिक रेकर्ड कायम भएकोमा आज तीन सय ३० वटा कम्पनीका तीन करोड ८० लाख कित्ता शेयर १७ अर्ब ९५ करोड रुपैयाँमा किनबेच भएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वीरगञ्ज नाका हुँदै निर्यात दोब्बरले बृद्धि

वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार

भद्रपुर मालपोतद्वारा ४४ करोड ५० लाख राजस्व सङ्कलन

झापा। भूमिसुधार तथा मालपोत कार्यालय झापाले चालु आर्थिक वर्षको सात महिनामा रु ४४ करोड ५७ लाख ३७ हजार चार सय

बक्यौता नतिर्ने उद्योगको लाइन काट्न सहमति माग्दै प्राधिकरणले आयोगमा पत्र…

काठमाडाैँ । बक्यौता नतिर्ने उद्योगको लाइन काट्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ फेरि सक्रिय भएका छन् । यसअघि

सर्लाहीका ४७ जना उखु किसान सम्मानित

बरहथवा । इन्दु शङ्कर चिनी उद्योगले आधुनिक विधि र प्रविधिको प्रयोगसहित १९ जातका उखु उत्पादन गरेका ४७ जना उखु किसानलाई

छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड खर्च

काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड ७८ लाख बजेट खर्च भएको छ ।

समस्या झेल्दै ‘भोजपुरे खुकुरी’ उद्योग

भोजपुर। पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरी व्यवसायका लागि प्रख्यात छ । यहाँ बनेको खुकुरीको नेपालभित्र मात्र होइन, देशबाहिर पनि त्यतिकै

Techie IT