Techie IT
२०८२ वैशाख ११, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअर्थबजेट प्रणालीमा सुधार आवश्यक छः गगन थापा

बजेट प्रणालीमा सुधार आवश्यक छः गगन थापा


काठमाडौँ। नेपाली कांगेसका सांसद गगन कुमार थापाले बजेट प्रणालीमा सुधार आवश्यक रहेको बताएका छन्। आइतबारको प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिदै सांसद थापाले सो कुरा बताएका हुन्।

बजेट प्रणालीमा सुधार गर्न राजश्व बोर्ड बनाउनुपर्ने सांसद थापाको भनाई छ। बोर्ड बनाइसकेपछि यसले एक्जिक्युभिटको काम गर्ने एड्भाइजरको काम पनि बताए।

नेपाली कांग्रेसका महामन्त्री समेत रहेका थापाले अर्थमन्त्री प्रकाशशरण महतलाई बजेट अवास्तविक छ भन्ने कुरा स्वीकार्न आग्रह गरे। प्रतिनिधि सभामा बजेटमाथि छलफलको क्रममा अहिलेको परिस्थितिमा यत्रो आकारणको बजेट ल्याउन नमिल्ने बताए।

‘अर्थमन्त्रीज्यू पनि यत्रो आकारका बजेट ल्याउन चाहनुहुन्नथ्यो भन्ने मेरो अनुमान हो। यो कुनै सूचना होइन। किनकि यो अवास्तविक छ भन्ने कुरा पक्कै पनि राम्रोसँग बुझ्नुभएको छ’, थापाले भने।

बजेट कार्यान्वयमा चुनौति रहेको बताउँदै एकजुट भएर अहिलेको समस्या समाधान गर्न लाग्न आग्रह गरे।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बर्खायामको इन्धन ‘गुइँठा’ को जोहो हिउँदमै

महोत्तरी । महोत्तरीका ग्रामीण क्षेत्रमा खाना पकाउने इन्धनका लागि ‘गुइँठा’ को जोहो गर्न थालिएको छ । जिल्लाका बजार र सहरी

मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु

मनाङ । हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम

संविधानविरोधी गतिविधि स्वीकार्य छैनः गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पोखरामा उद्घाटन गर्दै उनले

विद्युतीकरणपछि चन्द्रनगरका किसान मकैखेतीतर्फ आकर्षित

सर्लाही। चन्द्रनगर गाउँपालिकाका किसान विद्युतीकरणपछि मकैखेतीतर्फ आकर्षित भएका छन् । सिँचाइ सुविधा नभएपछि यहाँका किसानले अकासे पानीको भरमा खेती गर्दै

नेप्सेकाे सीईओमा चूडामणि चापागाईं नियुक्त

काठमाडाैँ । नेपाल स्टक एक्सचेन्स (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चूडामणि चापागाईं नियुक्त भएका छन् । नवनियुक्त सीईओ

वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनको जिम्मेवारी भारतीय कम्पनीलाई

पर्सा । पर्साको वीरगञ्ज सुक्खा बन्दरगाहको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भारतीय कम्पनी प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालिले पाएको छ ।

Techie IT