Techie IT
२०८१ भदौ २२, आईतबार
NepaliPatra logo
गृहपृष्ठअर्थशेयर बजार ५४ अङ्कले बढ्यो

शेयर बजार ५४ अङ्कले बढ्यो


काठमाडौँ । शेयर बजार आज पनि उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५४ दशमलव शून्य चार अङ्कले बढेर दुई हजार तीन सय ६४ दशमलव ६३ विन्दुमा पुगेको छ ।

नेप्से २६ महिनायताकै उच्च विन्दुमा पुगेको हो । यसअघि २०७९ साल वैशाख २८ गते नेप्से दुई हजार तीन सय ६९ विन्दुमा पुगेको थियो ।

आज सबै समूहको शेयर बढेकोमा बीमा, होटल, उत्पादन, विकास बैंक, फाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज सेन्ट्रल फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । यस्तै पाँच वटा कम्पनीका शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन सिटिजन्स म्युचल फन्ड–२ को शेयर भने झन्डै १० प्रतिशतले घटेको छ ।

आज कारोबार रकम पनि उल्लेख्य बढेको छ । आज तीन सय ६ वटा कम्पनीका ३ करोड २० लाख कित्ता शेयर १२ अर्ब पाँच करोड रुपैयाँभन्दा धेरैमा कारोबार भएको छ । कारोबार रकम झन्डै ३५ महिनायताकै धेरै हो । यसअघि २०७८ साल भदौ १५ गते १३ अर्ब २५ करोड रुपैयाँको कारोबार भएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सशस्त्र प्रहरीसम्बन्धी विधेयक अर्थ मन्त्रालय पठाइयो

काठमाडौँ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपाल सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई राय-परामर्शका लागि अर्थ मन्त्रालय पठाएको छ। विधेयकमाथि

सुनको भाउमा नयाँ कीर्तिमान

काठमाडौं । तीजको दिन सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ। आज सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको हो। नेपाल सुनचाँदी

इन्टरनेटको मनपरी शुल्क निर्धारण नगर्न प्राधिकरणको निर्देशन

काठमाडौँ । इन्टरनेट सेवा प्रदायकहरूलाई स्वीकृति लिएर मात्र शुल्क निर्धारण गर्न नेपाल दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको छ । इन्टरनेट सेवा

शरद ऋतुमा हिमाल आरोहणका लागि अनुमति

काठमाडौँ । यस वर्षको शरद ऋतु (अटम सिजन)मा मनास्लु हिमाललगायत विभिन्न हिमाल आरोहणका लागि आरोहीले धमाधम आरोहण अनुमति लिन थालेका

शेयर बजार आज पनि घट्यो

काठमाडाैँ । शेयर बजार आज पनि घटेको छ । हिजो ९० अङ्कभन्दा धेरैले घटेको शेयर बजार परिसूचक नेप्से आज १२

सुनको मूल्य चार दिनदेखि स्थिर

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य चार दिनयता स्थिर छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ५२ हजार

Techie IT