काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) २ वर्ष २ महिनापछि २ हजार ३०० अंक माथि पुगेको छ । मंगलबार सेयर बजार २ हजार ३१० अंकमा कायम भएको छ ।
अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ७०.१८ अंक बढेको हो । कुल ९ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन ८ अर्ब ७३ करोडको कारोबार भएको थियो । कुल २३४ कम्पनीको मूल्य बढ्दा ८ को घट्यो ।
आज ९ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । सिन्धु विकास बैंक, बरुण हाइड्रोपावर, ग्रिन डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत्, मन्दाकिनी हाइड्रोपावर, सिकलेस हाइड्रोपावर, सिंगटी हाइड्रोपावर, रिडी र अरुणभ्याली हाइड्रोको मूल्य १० प्रतिशत बढ्यो । इङवा हाइड्रोपावरको मूल्य ९.७, अपी पावरको ९.६ प्रतिशत मूल्य बढ्यो ।
कारोबारका आधारमा ङादी पावर ग्रुप लिमिटेड २१ करोड ७७ लाख ४९ हाजर रूपैयाँको कारोबारका साथ शिर्ष स्थानमा छ ।