Techie IT
२०८१ कात्तिक १, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअर्थएनसेल एपमा अब माछापुच्छ्रे बैंककाे प्लेटफर्ममार्फत भुक्तानी सुविधा

एनसेल एपमा अब माछापुच्छ्रे बैंककाे प्लेटफर्ममार्फत भुक्तानी सुविधा


काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेड र एनसेलबीच डिजिटल प्लेटफर्ममार्फत सेवा प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ र माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले गएको हप्ता एनसेल आइकन लैनचौरमा हस्ताक्षर गरेका थिए ।

मोबाइलमा डेटा सकिएपछि ब्यालेन्स नकाटिने र अन्य सुविधा रहेको एनसेलको ‘सधैँ अन’ योजनाअन्तर्गत गरिएको यस सम्झौताअनुसार अब माछापुच्छ्रे बैंकमा खाता भएका एनसेलका ग्राहकले बैंकको मोबाइल बैकिङ एप ुएमबीएल एम–स्मार्टु को चेक आउट सर्भिस प्रयोग गरी एनसेलको मोबाइल एप, रिटेलर्स एप, वेबसाइटमार्फत सजिलै ब्यालेन्स रिचार्जका सेवा सुविधा खरिदका लागि भुक्तानी गर्न सक्नेछन् ।

यसैगरी एनसेलका वितरक तथा खुद्रा बिक्रेताले पनि रिटेलर्स एपमार्फत सिधै माछापुच्छ्रे बैंकको खातामा रहेको रकमबाट आफ्नो भर्चुअल फन्ड लोड गर्न सक्नेछन् ।

यस सम्झौताले ग्राहकको डिजिटल यात्रालाई सहज बनाउँदै सधैँ अन रहन सहयोग गर्ने विश्वास एनसेल र माछापुच्छ्रे बैंकले लिएको छ । एनसेल एपमा अन्य सुविधा पनि रहेका छन् जसले ग्राहकलाई देशभित्र मात्र नभई देशबाहिर रोमिङमा रहँदा पनि सुविधा प्रदान गर्नेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बुद्ध एयरकोे ‘माउन्टेन फ्लाईट’ मा प्राविधिक समस्या देखिए पछि सुरक्षित…

काठमाडौँ । बुद्ध एयरको पर्वतीय उडान (माउन्टेन फ्लाईट)मा गएको ‘नाईन एन एजेएस’ कलसाईन विमानमा प्राविधिक समस्या देखिएको छ । बुद्ध

नेपाल वायुसेवा निगम द्वारा ५३ करोड ऋण भुक्तानी

काठमाडौँ । नेपाल वायुसेवा निगमले ५३ करोड ऋण भुक्तानी गरेको छ । अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडि र

सुनको मूल्यमा नयाँ रेकर्ड कायम

काठमाडौँ । सुनको मूल्य हाल सम्मकै उच्च भएको छ । बिहीबार सुनको भाउ हाल सम्मकै उच्च प्रतितोला १ लाख ६२

राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘किसान सरल कर्जा’ प्रोडक्टको शुभारम्भ

काठमाडाैँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले कृषि क्षेत्रको विकासका लागि अधिकतम दश लाख रुपैयाँसम्म कर्जा दिने गरी किसानसँग राष्ट्रिय वाणिज्य बैंक

शेयर बजार आज पनि दोहोरो अङ्कले बढ्यो

काठमाडाैँ । शेयर बजार आज पनि दोहोरो अङ्कले बढेको छ । दशैँ बिदापछिको पहिलो दिन हिजो ३१ अङ्कले बढेको शेयर

कात्तिकमा पनि घट्यो बैंकको ब्याजदर

काठमाडाैँ । वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि पनि निक्षेपको ब्याजदर सामान्य घटाएका छन् । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकको

Techie IT