Techie IT
२०८२ वैशाख ७, आईतबार
NepaliPatra logo
गृहपृष्ठअर्थलघुवित्तका शाखा प्रमुखहरु आन्दोलनमा

लघुवित्तका शाखा प्रमुखहरु आन्दोलनमा


बर्दिया । मर्जरको विषयलाई लिएर देशभरका सबैको लघुवित्त वित्तीय संस्थाका शाखा प्रमुखहरु एकै पटक आन्दोलनमा उत्रिएका छन् । साधनासँगको मर्जरको विषयमा अन्याय भएकाले हातमा कालोपट्टी बाँधेर आन्दोलनमा उत्रनु परेको उनीहरुको भनाइ छ।

मर्जरको सम्झौता अर्थात एमओयु मा उल्लेख गरिएको सहमतिका बुँदा भन्दा फरक तरिकाले नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएकाले आफुहरु आन्दोलनमा उत्रनु परेको शाखाप्रमुखहरुले बताएका छन् ।

मर्जरपछि सबैको साधना लघुवित्त हुनेगरी मर्जर सम्झौता भएपनि राष्ट्र बैकले अन्तिम स्वीकृति दिँदा साधना लघुवित्त मात्र नाम रहने गरी स्वीकृति दिएको छ । यसले सबैको लघुवित्त वित्तीय संस्थाको नाम अस्तित्वमा नरहने मात्र नभइ सबै लघुवित्तका कर्मचारीमाथि भोलिका दिनमा अन्याय हुने भएकाले अहिले नै त्यो परिस्तिथिति आउन नदिन आन्दोलन गरिएको आन्दोलकारीहरुको भनाइ छ ।

मर्जरको शुरुवाती सहमतिभन्दा फरक तरिकाले अन्तिम स्वीकृति दिनुले नै आफुहरुमाथि गम्भीर विभेद र अन्याय भएकाले अहिलेको यो रवैयालाई स्वीकार्न नसक्ने लघुवित्तका कर्मचारीहरुको भनाइ छ ।

सस्थाका ९० वटै शाखाका शाखा प्रमुख तथा कर्मचारीहरु आन्दोलनमा उत्रिएका छ्न भने नियमनकारी निकाय नेपाल राष्ट्र बैंकसँग आफूहरुमाथि अन्याय नगर्न अनुरोध पनि गरेका छन ।

सस्थाको विभिन्न शाखाहरुमा कार्यरत कर्मचारीहरुले विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम नियमित राख्ने प्रथम चरणमा हातमा कालो पट्टी बाधेर विरोध गर्ने र दोस्रो चरणमा पेन डाउन गर्ने र त्यसको पनि बेवास्ता गरिए शाखामा तालाबन्दी गरि आन्दोलनमा उत्रने जनाएका छ्न् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

संविधानविरोधी गतिविधि स्वीकार्य छैनः गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पोखरामा उद्घाटन गर्दै उनले

विद्युतीकरणपछि चन्द्रनगरका किसान मकैखेतीतर्फ आकर्षित

सर्लाही। चन्द्रनगर गाउँपालिकाका किसान विद्युतीकरणपछि मकैखेतीतर्फ आकर्षित भएका छन् । सिँचाइ सुविधा नभएपछि यहाँका किसानले अकासे पानीको भरमा खेती गर्दै

नेप्सेकाे सीईओमा चूडामणि चापागाईं नियुक्त

काठमाडाैँ । नेपाल स्टक एक्सचेन्स (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चूडामणि चापागाईं नियुक्त भएका छन् । नवनियुक्त सीईओ

वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनको जिम्मेवारी भारतीय कम्पनीलाई

पर्सा । पर्साको वीरगञ्ज सुक्खा बन्दरगाहको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भारतीय कम्पनी प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालिले पाएको छ ।

डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले सोमबार मध्यरातदेखि

आँबुखैरेनीका तीन सडक धमाधम स्तरोन्नति हुँदै

तनहुँ । आँबुखैरेनी गाउँपालिकाका मा तीन वटा ग्रामीण सडकको धमाधम स्तरोन्नतिको भइरहेको छ । तीनवटै सडकको काम अन्तिम चरणमा पुगेको

Techie IT