Techie IT
२०८१ फागुन ८, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअर्थनेसनल लाइफको ‘नेसनल रत्न अवार्ड’ कार्यक्रम सम्पन्न

नेसनल लाइफको ‘नेसनल रत्न अवार्ड’ कार्यक्रम सम्पन्न


काठमाडौँ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बूढानीलकण्ठस्थित होटल लेमन ट्री प्रिमियरमा ‘नेसनल रत्न अवार्ड’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेशप्रसाद खत्रीको सभापतित्वमा सम्मान कार्यक्रमको आयोजना गरेको हो ।

कम्पनीले नेसनल अवार्डअन्तर्गत नेसनल रत्न छनोट हुन सफल वाग्मती प्रदेशका करिब ३५ जना अभिकर्ताहरूलाई सम्मान गरेको थियो ।

समारोहमा नेसनल रत्न विजेता अभिकर्ताहरूलाई नेसनल लाइफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गर्दै सीईओ खत्रीले कम्पनीका सबै संरचनाहरू उत्कृष्ट रहेको र कम्पनीमा बिमा गर्ने बिमितहरूलाई उच्च प्रतिफल दिन सफल हुनुमा अभिकर्ता सञ्जालको महत्त्वपूर्ण भूमिका रहने बताए ।

त्यस्तै, अभिकर्ता सञ्जाललाई प्रविधिमैत्री एवं व्यावसायिक बनाउन थप लगानी गर्दै जान पनि सीईओ खत्रीले बताए ।

उनले नेसनल रत्नमा छनोट हुने अभिकर्ताहरूलाई प्रदेशस्तरीय सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजना अनुसार काठमाडौँमा वाग्मती प्रदेशका अभिकर्ताहरूबाट सम्मान गरिएको बताए ।

उनले यसभन्दा अगाडि इटहरीमा कोसी र मधेस प्रदेशका अभिकर्ताहरूलाई सम्मान गरिसेकेको र अन्य प्रदेशका बाँकी अभिकर्ताहरूलाई पनि छिट्टै सम्मान गरिने जानकारी गराए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भद्रपुर मालपोतद्वारा ४४ करोड ५० लाख राजस्व सङ्कलन

झापा। भूमिसुधार तथा मालपोत कार्यालय झापाले चालु आर्थिक वर्षको सात महिनामा रु ४४ करोड ५७ लाख ३७ हजार चार सय

बक्यौता नतिर्ने उद्योगको लाइन काट्न सहमति माग्दै प्राधिकरणले आयोगमा पत्र…

काठमाडाैँ । बक्यौता नतिर्ने उद्योगको लाइन काट्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ फेरि सक्रिय भएका छन् । यसअघि

सर्लाहीका ४७ जना उखु किसान सम्मानित

बरहथवा । इन्दु शङ्कर चिनी उद्योगले आधुनिक विधि र प्रविधिको प्रयोगसहित १९ जातका उखु उत्पादन गरेका ४७ जना उखु किसानलाई

छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड खर्च

काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड ७८ लाख बजेट खर्च भएको छ ।

समस्या झेल्दै ‘भोजपुरे खुकुरी’ उद्योग

भोजपुर। पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरी व्यवसायका लागि प्रख्यात छ । यहाँ बनेको खुकुरीको नेपालभित्र मात्र होइन, देशबाहिर पनि त्यतिकै

तल्लो सोलु हाइड्रो निर्माणको अन्तिम चरणमा

सोलुखुम्बु। जिल्लाको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला हाइड्रोपावर निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति

Techie IT