Techie IT
२०८२ वैशाख १२, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअर्थअर्थमन्त्री पुनलाई आरजु राणाको ९ वटा सुझाव

अर्थमन्त्री पुनलाई आरजु राणाको ९ वटा सुझाव


काठमाडौँ । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले सरकारले कृषिलाई प्राथमिकतामा राखेको भनेको तर, त्यसअनुसार बजेट विनियोजन नगरेको बताएकी छन् । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति समेत रहेकी राणाले ‘बजेटमा भनिएको र लेखिएकोमा समेत मेल नखाएको’ बताइन् ।

‘कृषि मन्त्रालयको बजेट २ खर्ब घटेको छ । तर, कृषिमा लगानी दशक घोषणा गरिएको छ । कृषि करिडोर योजना आएको छ । तर, त्यसलाई सपोर्ट गर्ने कार्यक्रम छैन’ मंगलबार प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफलमा भाग लिंदै उनले भनिन् ।

सांसद राणाले कृषि क्षेत्रमा केन्द्रित रहेर अर्थमन्त्री वर्षमान पुनलाई विभिन्न ९ वटा सुझाव दिएकी छन् ।

पहिलोः सांसद राणाका अनुसार कृषिमा टेक्निकल जनशक्तिको वृद्धि गर्नुपर्ने हुन्छ । यसका लागि सरकारले ओएनएम समेत गरेको छ । उक्त ओएनएमलाई अगाडि बढाउन सांसद रणाले सुझाएकी छन् ।

दोस्रोः दूध कृषक र उखु किसानले समयमै भुक्तानी नपाएको गुनासो हरेक वर्षजसो आउने गरेको भन्दै सांसद राणाले यसका लागि बैंकिङ्क सिस्टम मार्फत भुक्तानीको प्रबन्ध मिलाउन सुझाएकी छन् ।

तेस्रोः मार्केट मेकानिजम ख्याल गर्न पनि अर्थमन्त्रीलाई उनको सुझाव छ । चालु आर्थिक वर्षमा आलुमा भ्याट लगाएको कारण नेपालमा आलुको उत्पादन बढेको पाइएको उनले बताइन् ।

‘‘नेपालमा जम्मा ७ प्रतिशत आयात हुने । त्यसले नेपाली आयुको भाउ तय गर्ने गरेको रहेछ । यति सस्तो गरी आउने रहेछ । यसलाई ख्याल गरेर भ्याट लगाउँदा आलुको उत्पादन बढेको रहेछ । अब कर घटाउँदा फेरि आलु उत्पादन घट्न सक्छ’ उनले भनिन् ।

चौथोः सांसद राणाले कुन महिनामा कति वस्तु उपभोग हुन्छ त्यस आधारमा नीति अवलम्बन गर्न उनको सुझाव छ । उनले भनिन्, ‘यसमा सरकारले अध्ययन गरोस् । त्यस आधारमा सरकारले आयात गर्ने कि नगर्ने तय गरोस् । यो माछा, फलफूल आदिमा गर्न आवश्यक छ ।’

पाँचौंः नेपालमा १० लाख हेक्टर क्षेत्रफल जमिन बाँझो रहेको तथ्याङ्क सांसद राणाले सुनाएकी छन् । ‘यो जमिनलाई उपयोग गर्न सकेका छैनौं । यसमा बजेट हाल्न सक्यौं भने ५देखि ७ लाख भाइबहिनीहरू नेपालमै बस्न सक्थे होला । यसका लागि आएकै बजेटबाट समेत मिलाउन सकिन्छ’ सांसद राणाको सुझाव छ ।

छैटौंः सांसद राणाले नेपालमा भोकमरीको समस्या रहेको विश्वव्यापी भोकमरीको इन्डेक्सले देखाएको बताएकी छन् । दिगो विकास लक्ष्यलाई समेत असर गर्ने भएकाले यसमा ख्याल गर्न उनको सुझाव छ ।

सातौंः जलवायु परिवर्तनले एकदमै असर पारेको छ । विपत्ति निम्त्याएको छ । यसका लागि विशेष ध्यान नदिएको जस्तो देखियो ।

आठौंः नेपालको बोर्डरमा चुहावट रहेकोतर्फ ख्याल गर्न अर्थमन्त्री पुनलाई सांसद राणाको सुझाव छ । उनले भनिन्, ‘बोर्डरमा एकदमै धेरै चुहावट छ । यसका लागि काम गर्नुपर्नेछ ।’

नवौंः सांसद रणाले वितरणमुखी बजेटलाई पनि सही टार्गेट गर्न सक्नेतर्फ ख्याल गर्न अर्थमन्त्री पुनलाई सुझाएकी छन् ।

आन्तरिक ऋण बढाएर लिने विषयका सन्दर्भमा अन्यले समेत प्रश्न उठाइरहेको स्मरण गर्दै उनले बजेटको लक्ष्य भेट्टाउने गरी अगाडि बढ्न सुझाइन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर

म्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका

भूकम्पको दशक: भत्किएका संरचना अझै अधुरा

काठमाडौं । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू

बर्खायामको इन्धन ‘गुइँठा’ को जोहो हिउँदमै

महोत्तरी । महोत्तरीका ग्रामीण क्षेत्रमा खाना पकाउने इन्धनका लागि ‘गुइँठा’ को जोहो गर्न थालिएको छ । जिल्लाका बजार र सहरी

श्रीमतीको हत्या गरी फरार भएका श्रीमान पक्राउ

काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका–९ सानागाउँमा श्रीमती र छोरा–छोरीमाथि खुकुरी प्रहार गरेर फरार भएका पदमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल र भारतबीच ऊर्जा विकासका सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल र भारतबीच विद्युत् आदानप्रदानका लागि अत्यावश्यक रहँदै आएका दुई प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनाका लागि

९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि…

काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार

Techie IT