Techie IT
२०८२ वैशाख ६, शनिबार
NepaliPatra logo
गृहपृष्ठअर्थओखरबोट राजधानी काठमाडाैँ रात्री डिलक्स बस सेवा सुरू

ओखरबोट राजधानी काठमाडाैँ रात्री डिलक्स बस सेवा सुरू


बागलुङ । गलकोट नगरपालिका वडा नं ४ को केन्द्र ओखरबोट राजधानी काठमाडाैँ रात्री डिलक्स बस सेवा सुरू भएको छ । निसीभुजी उत्तरगंगा बराह यातायात बहुउद्येश्यीय प्रा.लि ले स्थानिय सँगको सहकार्यमा बस सेवा सञ्चालन गरेको हो । बागमती प्रदेश ०१००६ ख ३९९६ नम्बरको ‘डिलक्स’ बस पहिलो पटक यात्रु लिएर यहाँबाट नयाँ काठमाडाैँका लागि प्रस्थान गरेको छ ।

सेवा शुभारम्भ गर्दै गलकोट नगरपालिका वडा नं ४ का वडा अध्यक्ष बल बहादुर खत्रीले गाउँबाटै राजधानी सम्मको बससेवाले सार्वजनिक यातायात सेवामा नयाँ आयाम थपेको बताए । उनले सर्वसाधारण नागरिक प्रति समर्पित रहेर स्तरीय र मर्यादित सेवा प्रदान गर्न समितिलाई आग्रह गरे ।

बससेवा ओखरबोटबाट दैनिक दिउँसो ३ बजेदेखि ४ बजे सम्मको समयमा सुचारु रहने समितिले जनाएको छ । काठमाडाैँबाट पनि सोही अनुसार बस छुट्नेछ । ग्रामिण क्षेत्रमा बस्ने नागरिकलाई लक्षित गरि यात्रुको चाहाना र सुविधालाई दृष्टिगत गरी ‘डिलक्स’ बसबाट सेवा शुभारम्भ गरिएको सरोकारवाला तथा युवा समाजसेवी महेन्द्र खड्काले जानकारी दिए ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङको निसीखोला गाउँपालिका भल्कोबाट छुटेको बस जुग्जाखोला, बुर्तिबाङ बजार, खर्बाङ बजार, गलकोट हटिया बजार हुँदै ओखरबोट, नरेठाँटी, भ्यूटावर, अक्षेते बागलुङ बजार हुँदै काठमाडाैँसम्म पुग्नेछ ।

ओखरबोटमा काउन्टर स्थापना गरी बस सेवाको शुभारम्भ गरिएको बताईएको छ अब प्रचार प्रसार र व्यवस्थापनको काम अगाडी बढाईने काउन्टर सञ्चालक गंगा बहादुर खत्रीले बताए ।

बस सेवाबाट स्थानियबासी प्रत्यक्ष लाभान्वित हुनेछन् । गाउँबाटै बस सेवा उपलब्ध भएपछि बस चढन हटिया बजार र मध्यपहाडी लोकमार्गमा नै पुग्नु पर्ने बाध्यता हटेको छ । यात्रुको चाप अनुसार सेवालाई थप विस्तार गरिने समितिले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

संविधानविरोधी गतिविधि स्वीकार्य छैनः गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पोखरामा उद्घाटन गर्दै उनले

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

Techie IT