Techie IT
२०८२ वैशाख ८, सोमबार
NepaliPatra logo
गृहपृष्ठअर्थसेन्साई ब्राण्डका एयर कुलरको माग बढ्यो

सेन्साई ब्राण्डका एयर कुलरको माग बढ्यो


काठमाडौँ । सेन्साई ब्राण्डको एयर कुलरहरूको माग अत्यधिक बढ्दै गएको छ । कम्पनीका अनुसार गर्मी बढेसँगै एयर कुलरहरूको माग बढ्न थालेको हो ।

टावर एयर कुलर, डिर्जट एयर कुलर, पर्सोनल एयर कुलर र विन्डो एयर कुलर गरी चार प्रकारका एयर कुलर छन् । जसको १० भन्दा बढी मोडेलहरू छन् । ग्राहकलाई आफ्नो आवश्यकताअनुसारको कुलर छान्न सजिलो हुने बताइएको छ ।

तराईमा गर्मी बढेसँगै एयर कुलरको माग बढेको कम्पनीले जनाएको छ । साथै, सेन्साई ब्राण्डअन्तर्गत एयर कुलरलगायत चेष्ट फ्रिजर, सोकेश, रेफ्रिजेरटर, टि.भी. र वासिङ मेसिन पनि रहेको कम्पनीले जनाएको छ ।

ग्राहकलाई सजिलो पहुँच होस् भनी कम्पनीले नेपालभरि ७७ जिल्लामा आफ्ना आधिकारिक डिलरमार्फत बिक्री वितरण गर्दै आएको छ । साथै बिक्रीपश्चात्को सेवाका लागि कम्पनीको ३५ भन्दा बढी सहरहरूमा आफ्नै सर्भिस सेन्टर रहेको कम्पनीले जनाएको छ ।

चौधरी ग्रुपअन्तर्गत इ.ओ.एल. प्रा.लि.ले सेन्साई ब्राण्डको उत्पादन नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु

मनाङ । हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम

संविधानविरोधी गतिविधि स्वीकार्य छैनः गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पोखरामा उद्घाटन गर्दै उनले

विद्युतीकरणपछि चन्द्रनगरका किसान मकैखेतीतर्फ आकर्षित

सर्लाही। चन्द्रनगर गाउँपालिकाका किसान विद्युतीकरणपछि मकैखेतीतर्फ आकर्षित भएका छन् । सिँचाइ सुविधा नभएपछि यहाँका किसानले अकासे पानीको भरमा खेती गर्दै

नेप्सेकाे सीईओमा चूडामणि चापागाईं नियुक्त

काठमाडाैँ । नेपाल स्टक एक्सचेन्स (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चूडामणि चापागाईं नियुक्त भएका छन् । नवनियुक्त सीईओ

वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनको जिम्मेवारी भारतीय कम्पनीलाई

पर्सा । पर्साको वीरगञ्ज सुक्खा बन्दरगाहको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भारतीय कम्पनी प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालिले पाएको छ ।

डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले सोमबार मध्यरातदेखि

Techie IT