Techie IT
२०८१ फागुन २०, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअर्थविश्व बैंकको सहयोगमा पराशर मार्ग कालोपत्र गर्न सम्झौता

विश्व बैंकको सहयोगमा पराशर मार्ग कालोपत्र गर्न सम्झौता


काठमाडौँ । विश्व बैंकको सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनामा रहेको पराशर माग कालोपत्रको लागि सम्झौता भएको छ । व्यास नगरपालिका र निर्माण कम्पनीबिच सोमबार नगरपालिकाको कार्यालयमा सम्झौता गरिएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदी र निर्माण कम्पनी बिकेएचटिडिसिएल–एसिपिएल जेभी काठमाडौँका प्रतिनिधी जेभिन विक्रम शाहीबीच सम्झौता गरिएको हो ।

यस मार्गमा बुल्दीखोला, घाँसीकुवा बेल्टारी, अँधेरी भञ्ज्याङ, पोख्रेलफाँट, कुमाल गाउँ, समता विद्यालय, नराङ हुँदै कलेस्ती १० दशमलव ५५ किलोमिटर कालोपत्र गरिने नगर प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । कृषि उपजलाई बजार सम्म लैजान र सो क्षेत्रका बासिन्दालाई, हिलो, धुलो र खाल्टाखुल्टी नभएको यात्रा सहज बनाउन कालोपत्र गर्न लागिएको नगर प्रमुख न्यौपानेले बताए ।

विश्व बैंकको अनुदान सहयोगमा व्यास–७, ९, १० र ११ गरी चार वडालाई जोड्ने गरी चक्रपथ निर्माण हुन लागिएको नगरपालिकाले जनाएको छ । मूल्य अभिवृद्धि कर (भ्याट)सहित रु ५२ करोड ७८ हजार ३० हजार चार सय ४७ मा विद्युतीय बोलपत्र भएकोमा सो कम्पनीले मूल्य अभिवृद्धि कर (भ्याट)सहित रु ४० करोड ८० लाखमा उक्त निर्माण गर्न कम्पनीले ठेक्का लिएको छ ।

विसं २०८२ असारसम्ममा आयोजना सम्पन्न गर्ने योजना रहेको नगर प्रमुख न्यौपानेले जानकारी दिए । पराशर मार्ग, छाब्दी केशवटार र माहिन्द्री मार्ग गरी तीन वटा मार्गका लागि प्रस्ताव पेस गरेकामा उक्त आयोजना छनोटमा परेको नगरपालिको जनाएको छ । नगरपालिकाका अनुसार बैंकले नगरपालिकाभित्र विभिन्न अध्ययन तथा अवलोकन पश्चात् उक्त आयोजना छनोट गरेको हो ।

छनोट पश्चात् सहरी विकास मन्त्रालयले बजेटका लागि विश्व बैंकसँग सम्झौता गरेपछि नगरपालिकाले बोलपत्र आह्वान गरी टेण्डर प्रक्रियाअघि बढाएको थियो । अब चाँडै नै पक्की नाहाला सहितको कालोपत्रको काम गरिने सम्झौता कार्यक्रममा जानकारी दिइएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वीरगञ्ज नाका हुँदै निर्यात दोब्बरले बृद्धि

वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार

मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन २ करोड ६९ लाख…

तनहुँ । मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य शुरु भएको छ । हाल सञ्चालनमा रहेको उक्त सडकको वैकल्पिक मार्गका

केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो

टीकापुर । कैलालीको कैलालीमा केराको थामबाट उत्पादित रेशा र त्यसबाट निर्माण गरिएका हाते सामग्रीको खपत बढ्दै गएको छ । टीकापुर

ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ

बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको

खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति

खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७

पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालन

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक

Techie IT