गृहपृष्ठ ∕ अर्थ ∕ न्यारोबडी जहाज इजरायलबाट मर्मत गरी सोमबार नेपाल आउँछ: मन्त्री तामाङन्यारोबडी जहाज इजरायलबाट मर्मत गरी सोमबार नेपाल आउँछ: मन्त्री तामाङ नेपालीपत्र आईतबार, २०८१ वैशाख ९ गते, १६:१२ मा प्रकाशित अर्थ | पर्यटन काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगमको न्यारोबडी मर्मत गरेर सोमबार काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउने बताएका छन् ।आइतबार पत्रकारहरूसँगको छलफल कार्यक्रममा बोल्दै उनले लामो समयदेखि इन्जिन मर्मतको लागि इजरायलमा रहेको नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज सोमवार काठमाडौँ विमानस्थल आउने बताए । उनले इन्जिन मर्मतपछि जहाज नेपाल ल्याउन लागिएको बताए ।मन्त्री तामाङले जहाजको इन्जिनमा समस्या आएर लामो समय ग्राउण्डेट हुँदा निगमलाई धेरै घाटा भएको स्वीकार गरे । मन्त्री तामाङले जहाज नुहुँदा भएका समस्या जहाज मर्मत भएर आएसँगै समाधान हुने विश्वास लिएको बताए ।उनले आफू मन्त्री भएर आएदेखि जहाज तत्काल बनाएर ल्याउन ताकेता गरेकाले विभिन्न प्राविधिक समस्याका कारण चाँडै आउन नसकेको बताए । उनले ढिलै भएपनि सोमवार जहाज मर्मत पछि नेपाल ल्याउन लागिएको बताए । #हितबहादुर तामाङग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ‘पोखरा-छेन्दु उडानलाई नियमित गर्न सबैको सहयोग आवश्यक छ’कास्की । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट शुरु भएको चीनको सिचुवान प्रान्तको छेन्दुको सिधा उडानलाई निरन्तरता दिन पर्यटकीयस्थल पुनहिलमा विद्युत् सेवा विस्तारम्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल पुनहिलमा विद्युत् सुविधा विस्तार भएको छ । समुद्री सतहबाट तीन हजार २१० मिटर उचाइमा विद्युतीकरणपछि चन्द्रनगरका किसान मकैखेतीतर्फ आकर्षितसर्लाही। चन्द्रनगर गाउँपालिकाका किसान विद्युतीकरणपछि मकैखेतीतर्फ आकर्षित भएका छन् । सिँचाइ सुविधा नभएपछि यहाँका किसानले अकासे पानीको भरमा खेती गर्दै म्याग्दीको चिमखोलाको भूमेपूजाले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवाम्याग्दी । यहाँको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको भूमेपूजा आन्तरिक पर्यटन प्रवर्द्धनको माध्यम बनेको छ । परम्परागत रूपमा हुँदै आएको भूमेपूजामा गरिने नेप्सेकाे सीईओमा चूडामणि चापागाईं नियुक्तकाठमाडाैँ । नेपाल स्टक एक्सचेन्स (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चूडामणि चापागाईं नियुक्त भएका छन् । नवनियुक्त सीईओ वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनको जिम्मेवारी भारतीय कम्पनीलाईपर्सा । पर्साको वीरगञ्ज सुक्खा बन्दरगाहको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भारतीय कम्पनी प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालिले पाएको छ ।धेरै पढिएका खबर १ रवि लामिछाने कारागार चलान २ वायुमा प्रदूषण उच्च: अनावश्यक यात्रा नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध ३ गाजाको विद्यालयमा इजरायलले गरेको आक्रमणमा २७ जनाको ज्यान गयो ४ म्याग्दीको चिमखोलाको भूमेपूजाले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा ५ नेपाल विद्युत प्राधिकरणले शनिबार बिहान काठमाडौँका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द गर्ने ६ थापाको ‘आमा नभएको घर’ प्रकाशित ७ काठमाडौं महानगरपालिकाले ल्यायो घुम्ती खाद्य प्रयोगशाला सञ्चालनThe Film Nepal