Techie IT
२०८१ मंसीर १, शनिबार
NepaliPatra logo
गृहपृष्ठअर्थडिसहोमको ‘खुसीको रिचार्ज’ अफर: जति पैसाको रिचार्ज उति नै बोनस

डिसहोमको ‘खुसीको रिचार्ज’ अफर: जति पैसाको रिचार्ज उति नै बोनस


काठमाडौँ । डिसहोमले ग्राहकका लागि ‘खुसीको रिचार्ज’ अफर ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकले जति पैसाको रिचार्ज गर्‍यो उति नै पैसा बोनस प्राप्त गर्नेछन् ।

ग्राहकले नजिकैको डिलर दाइकोमा गएर फन्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत रिचार्ज गर्न सक्नेछन् ।

३६५ दिनदेखि रिचार्ज नगरेको गाहकलाई लक्षित गरी यो योजना ल्याइएको कम्पनीले जनाएको छ । यदि ग्राहकले ४०० रुपैयाँको रिचार्ज गर्दा ४००, २ हजार रुपैयाँको रिचार्ज गरेमा २ हजार नै बोनस प्राप्त गर्नेछन् । कम्पनीका अनुसार यो योजना सीमित अवधिका लागि मात्र लागु हुनेछ ।

यस्तै नियमित रिचार्ज गरिरहेका ग्राहकले भने १ वर्षको रिचार्ज गर्दा थप १२ महिनासम्म निःशुल्क डिसहोम हेर्ने मौका पाउने कम्पनीले बताएको छ ।

डिसहोम डीटीएचका नियमित ग्राहकले नजिकैको डिलर दाइकोमा गएर फन्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत बार्षिक रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बैंकले घटाए मंसिरका लागि ब्याजदर

काठमाडौँ । वाणिज्य बैंकहरूले मंसिरका निम्ति पनि ब्याजदर घटाएका छन् । कात्तिकमा २० वाणिज्य बैंकको ब्याजदर औसत छ दशमलब एक

नेप्सेमा १४ अंकले बृद्धि

काठमाडौँ। साताको अन्तिम कारोबारको दिन बिहीबारको नेप्सेमा १४ अंकले बृद्धि भएको छ । परिसूचक सामान्य अंकले बढे पनि कारोबार भने

पेट्रोलियम अन्वेषण : ७९ प्रतिशत ‘ड्रिलिङ’ सकियो

दैलेख । जिल्लाको भैरवी गाउँपालिका –१ जलजले क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तर्गत ‘ड्रिलिङ’को ७९ प्रतिशत काम सकिएको छ । चार

लगानी निरुत्साहित हुने गतिविधि नगर्न अध्यक्ष ढकालको आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी निरुत्साहित हुने गतिविधि हुननहुने बताउँदै देशलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर

ठेलामा सातु बिक्री गरेर मासिक ५० हजार आम्दानी

सुनसरी । सुनसरी सदरमुकाम इनरुवा–१ का अर्जुन पौदार बिहानै ५ बजे इनरुवाको मुख्य बजारमा रहेको सुपरमार्केमा ठेला लिए आइपुग्नुहुन्छ ।

सुनको भाउ तोलामा एक हजार रुपैयाँले घट्यो

काठमाडाैँ । आज सुनको भाउ एक हजार रुपैयाँले घटेको छ । सुनको भाउ एक हजार रुपैयाँले घटेर तोलाको एक लाख

Techie IT