Techie IT
२०८१ फागुन ६, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअर्थगोरेटोको ब्रान्ड एम्बास्डर बनेसँगै सचेतनामुलक विज्ञापन खेले राजेश हमालले

गोरेटोको ब्रान्ड एम्बास्डर बनेसँगै सचेतनामुलक विज्ञापन खेले राजेश हमालले


काठमाडौँ । अभिनेता राजेश हमाल पछिल्ला दिनमा देश विदेशमा हुने विभिन्न कार्यक्रम तथा म्यूजिक भिडियो र विज्ञापनहरुमा व्यस्त छन् । नयाँ वर्ष २०८४ मा फिल्ममा देख्न पाउने बताएका हमालले बुधबार बबरमहलमा घोडामा चढेर एउटा ट्राफिक सचेतना मुलक टीभी बिज्ञापनमा अभिनय गरे ।

अभिनेता हमाल क्यानाडा अध्ध्ययनको लागि गोरेटो कन्सल्ट्यान्सीको ब्राण्ड एम्बसेडर बनेसँगै उनले १ वर्षसम्म गोरेटो कन्सल्ट्यान्सीका विभिन्न पेजेक्टमा काम गर्ने प्रबन्ध निर्देशक धिरज कंडेलले जानकारी दिए । सामाजिक उत्तरदायित्व अन्तर्गत यो बिज्ञापन ट्राफिक सचेतनाका निम्ति निक्कै नै प्रभाकारी हुनेमा राजेश स्वयम विश्वस्त देखिएका छन् ।

सामाजिक उत्तरदायित्व अन्तर्गत यो बिज्ञापन ट्राफिक सचेतनाका निम्ति निक्कै नै प्रभाकारी हुनेमा आँफु विश्वस्त रहेको कंडेलले राजेश हमाललाई अहिलेसम्मकै उत्कृष्ट अवतारमा उतारेको पनि जनाएका छन् ।

अभिनेता हमाल स्वयम पनि उच्च शिक्षाका लागि विदेशमा पढेका एक वौद्धिक व्यक्तित्व भएका कारण उनको यो विज्ञापन प्रभावकारी बन्ने अर्का एड्भाइजर राम खड्काले बताए । खड्काले क्यानाडा अध्ययन गर्न नेपालमा भरपर्दो शैक्षिक परामर्शदाताकोरुपमा परिचित भएको गोरेटो कन्सल्ट्यान्सीले बेलाबेलामा यस्ता सामाजिक सचेतनाका लागि विभिन्न कार्यहरु गर्ने बताए ।

त्यस्तै गोरेटोका चर्चित काउन्सेलर प्रकाश रेग्मी पनि निक्कै नै उत्साहित देखिएका छन्। क्यानाडाले हालसालै अन्तर्रराष्ट्रिय विद्धयार्थी लक्षित केहि नीतिमा परिमार्जन गरेको र उक्त नीति विद्यार्थीहरुको क्यानाडा बसाइ राम्रो बनोस् भन्नको लागि नै बनाएको बताएका छन्, आँफु डेनमार्कमा अध्ययन गरेका रेग्मी अन्तर्रराष्ट्रिय अनुभव लिन र बदलिँदो विश्व परिवेशमा क्यानाडा जस्तो उत्कृष्ट गन्तव्यमा पढ्न र सकभर नेपाल फर्किएर देशको लागि केहि गर्नका लागि युवाहरुलाई अनुरोध गरेका छन्। महानायक हमालले १ वर्षसम्म गोरेटोसँग जोडिएर काम गर्नेछन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भद्रपुर मालपोतद्वारा ४४ करोड ५० लाख राजस्व सङ्कलन

झापा। भूमिसुधार तथा मालपोत कार्यालय झापाले चालु आर्थिक वर्षको सात महिनामा रु ४४ करोड ५७ लाख ३७ हजार चार सय

बक्यौता नतिर्ने उद्योगको लाइन काट्न सहमति माग्दै प्राधिकरणले आयोगमा पत्र…

काठमाडाैँ । बक्यौता नतिर्ने उद्योगको लाइन काट्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ फेरि सक्रिय भएका छन् । यसअघि

सर्लाहीका ४७ जना उखु किसान सम्मानित

बरहथवा । इन्दु शङ्कर चिनी उद्योगले आधुनिक विधि र प्रविधिको प्रयोगसहित १९ जातका उखु उत्पादन गरेका ४७ जना उखु किसानलाई

छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड खर्च

काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड ७८ लाख बजेट खर्च भएको छ ।

समस्या झेल्दै ‘भोजपुरे खुकुरी’ उद्योग

भोजपुर। पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरी व्यवसायका लागि प्रख्यात छ । यहाँ बनेको खुकुरीको नेपालभित्र मात्र होइन, देशबाहिर पनि त्यतिकै

तल्लो सोलु हाइड्रो निर्माणको अन्तिम चरणमा

सोलुखुम्बु। जिल्लाको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला हाइड्रोपावर निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति

Techie IT