Techie IT
२०८१ फागुन ७, बुधबार
NepaliPatra logo
गृहपृष्ठअर्थमाछापुच्छ्रे बैंकद्वारा क्लियरिङ हाउस र फोन पेसँग छुट्टाछुट्टै सम्झौता

माछापुच्छ्रे बैंकद्वारा क्लियरिङ हाउस र फोन पेसँग छुट्टाछुट्टै सम्झौता


काठमाडौँ । हालै नेपाल र भारतबीच क्रस बोर्डर भुक्तानी सहजीकरण गर्न भएको सम्झौतालाई सहज बनाउन माछापुच्छ्रे बैंकले नेपाल क्लियरिङ हाउस र फोन पेसँग सम्झौता भएको छ ।

यो सम्झौताले नेपाल भ्रमणमा आउने भारतीय ग्राहकले यूपीआई–इनेबल एप्सको प्रयोगबाट आफूले प्रयोग गरेको सेवा तथा खरिद गरेको वस्तु तत्काल फोन पे नेटर्वकमा आवद्ध भएर माछापुच्छ्रे बैंकका मर्चन्टहरूमा सोझै भुक्तानी गर्न सक्ने सुविधा प्रदान गर्नेछ । सम्झौताले व्यापारीहरूमा नगद लेनदेन कारोबार हटाएर क्यूआर भुक्तानीमार्फत् सहज रूपमा कारोबार गर्न सुविधा प्रदान गरेको छ ।

यस सम्झौता अनुरुप उक्त सेवा लाइभ गएपश्चात नेपालमा रहेका भारतीय नागरिकहरूले यो सेवा लिन सक्नेछन् । नेपाल राष्ट्र बैंकद्वारा तोकिएको सीमा पालना गर्दै माछापुच्छ्रे बैंकमा खोलिएको कुनै पनि यूपीआई ह्यान्डल–लिंक गरिएको खाताबाट भारतमा सिधैँ पैसा पठाउन पनि उनीहरूले सक्नेछन् ।

राष्ट्र बैंकले तोकेको सिमाभित्र बसेर तोकिए बमोजिम दैनिक रूपमा १५ हजार भारतीय रुपैयाँ र मासिक एक लाखसम्म भारत पठाउन यो सम्झौताले सहज हुने विश्वास बैंकले लिएको छ । भारतमा रहेका नेपाली नागरिकहरूले पनि यूपीआई–इनेबल एप प्रयोग गरेर त्यहाँको नियामक निकयले तोकेको सिमाभित्र बसेर नेपालमा माछापुच्छ्रे बैंकको यूपीआई ह्यान्डल–लिंक गरिएको खातामा सिधैँ पैसा पठाउन सक्नेछन् ।

हाललाई भारतमा रहेका नेपाली नागरिकहरूले भारतीय बैंकमा खोलेको खाताबाट प्रतिकारोबार भारु दुई लाखसम्म पठाउन सक्नेछन् । खाता नभएको खण्डमा एक वर्षमा १२ वटाभन्दा बढी कारोबार ननाघ्ने गरी आफूलाई पायक पर्ने भारतीय बैंकबाट प्रतिकारोबार भारु ५० हजार पठाउन सक्नेछन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भद्रपुर मालपोतद्वारा ४४ करोड ५० लाख राजस्व सङ्कलन

झापा। भूमिसुधार तथा मालपोत कार्यालय झापाले चालु आर्थिक वर्षको सात महिनामा रु ४४ करोड ५७ लाख ३७ हजार चार सय

बक्यौता नतिर्ने उद्योगको लाइन काट्न सहमति माग्दै प्राधिकरणले आयोगमा पत्र…

काठमाडाैँ । बक्यौता नतिर्ने उद्योगको लाइन काट्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ फेरि सक्रिय भएका छन् । यसअघि

सर्लाहीका ४७ जना उखु किसान सम्मानित

बरहथवा । इन्दु शङ्कर चिनी उद्योगले आधुनिक विधि र प्रविधिको प्रयोगसहित १९ जातका उखु उत्पादन गरेका ४७ जना उखु किसानलाई

छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड खर्च

काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड ७८ लाख बजेट खर्च भएको छ ।

समस्या झेल्दै ‘भोजपुरे खुकुरी’ उद्योग

भोजपुर। पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरी व्यवसायका लागि प्रख्यात छ । यहाँ बनेको खुकुरीको नेपालभित्र मात्र होइन, देशबाहिर पनि त्यतिकै

तल्लो सोलु हाइड्रो निर्माणको अन्तिम चरणमा

सोलुखुम्बु। जिल्लाको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला हाइड्रोपावर निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति

Techie IT