Techie IT
२०८१ चैत्र २७, बुधबार
NepaliPatra logo
गृहपृष्ठअर्थ‘आईएमई पे’ अफर : अन्तर्राष्ट्रिय हवाई टिकट खरिदमा शतप्रतिशत ‘क्यासब्याक’ र पुरस्कार जित्ने माैका

‘आईएमई पे’ अफर : अन्तर्राष्ट्रिय हवाई टिकट खरिदमा शतप्रतिशत ‘क्यासब्याक’ र पुरस्कार जित्ने माैका


काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट ‘आईएमई पे’ ले अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्ने ग्राहकलाई लक्षित गरी ‘जेट सेट रिवार्ड’ नामक अफर ल्याएको छ । यो अफरअन्तर्गत आईएमई पे एपमार्फत अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्दा हवाई टिकटमा शतप्रतिशत ‘क्यासब्याक’ का साथै अन्य पुरस्कार पनि जित्ने मौका पाउने कम्पनीले जनाएकाे छ ।

यही चैत ६ गतेदेखि जेठ मसान्तसम्म तीन महिनाका लागि चल्ने याे अफरका तीन जना विजेताको नाम ‘आईएमई पे’ को सामाजिक सञ्जालमा सार्वजनिक हुनेछ । यसमा पहिलो विजेताले आफ्नो हवाई टिकट खरिद गरेको रकमको शतप्रतिशत ‘क्यासब्याक’ पाउनेछन् । दोस्रो विजेताले ‘द लेकसाइड रिट्रिट’- पोखराको प्याकेज जित्न सक्ने तेस्राे विजेताले ‘चन्द्रागिरि हिल्स रिजोर्ट’ को ‘प्याकेज’ जित्ने मौका पाउने ‘आईएमई पे’ ले जनाएकाे छ ।

यसका साथै ‘आईएमई पे’ मार्फत टिकट खरिद गर्ने ग्राहकले हरेक हवाई टिकटमा उच्चतम ‘रिवार्ड पोइन्ट’ पनि प्राप्त गर्न सक्नेछन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

विद्युतीकरणपछि चन्द्रनगरका किसान मकैखेतीतर्फ आकर्षित

सर्लाही। चन्द्रनगर गाउँपालिकाका किसान विद्युतीकरणपछि मकैखेतीतर्फ आकर्षित भएका छन् । सिँचाइ सुविधा नभएपछि यहाँका किसानले अकासे पानीको भरमा खेती गर्दै

नेप्सेकाे सीईओमा चूडामणि चापागाईं नियुक्त

काठमाडाैँ । नेपाल स्टक एक्सचेन्स (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चूडामणि चापागाईं नियुक्त भएका छन् । नवनियुक्त सीईओ

वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनको जिम्मेवारी भारतीय कम्पनीलाई

पर्सा । पर्साको वीरगञ्ज सुक्खा बन्दरगाहको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भारतीय कम्पनी प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालिले पाएको छ ।

डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले सोमबार मध्यरातदेखि

आँबुखैरेनीका तीन सडक धमाधम स्तरोन्नति हुँदै

तनहुँ । आँबुखैरेनी गाउँपालिकाका मा तीन वटा ग्रामीण सडकको धमाधम स्तरोन्नतिको भइरहेको छ । तीनवटै सडकको काम अन्तिम चरणमा पुगेको

पाल्पाका किसानलाई चैते धान रोप्न चटारो

पाल्पा । आलु, गहुँलगायत बाली भित्र्याएका पाल्पाका किसानलाई चैते धान रोपाइँको चटारो थपिएको छ । यहाँका पूर्वखोला, रामपुर, रम्भा, निस्दीलगायत फाँटका

Techie IT