Techie IT
२०८२ वैशाख ९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअर्थबैंकका कर्मचारी पक्राउ प्रति बैंकर्स संघमा छलफल, रिहा नगरे पेन डाउन गर्ने

बैंकका कर्मचारी पक्राउ प्रति बैंकर्स संघमा छलफल, रिहा नगरे पेन डाउन गर्ने


काठमाडौँ । तत्कालीन सेञ्चुरी कमर्सियल बैंकको पूर्वसीईओ तुलसी गौतम, प्रभु बैंकका वरिष्ठ डेपुटी सीईओसहित १० जनालाई केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले समातेको विषयमा नेपाल बैंकर संघले छलफल गरेको छ ।

पक्राउ परेका बैंकमा कर्मचारीलाई रिहा नगरे पेन डाउन गरिने छलफल भएको हो । आजको छलफलमा एक पटक कर्जाका प्रवाहको विषय प्रहरी प्रशासनलाई स्पष्ट पार्ने तर प्रहरीले रिहा नगरेको खण्डमा पेन डाउन गरेर विरोध गर्ने छलफल भएको हो ।

नेपाल बैंकर्स संघले आकस्मिक बैंठकमा वाणिज्य बैंकका सीईओ सहभागी थिए।
ओभर भ्यालुएसन (अधिक मूल्यांकन) गरेर ऋण दिएको भन्दै प्रहरीले बहालवाला र पूर्वबैंकर समातेपछि बसेको बैंकर्स संघको बैंठक बोलाएको थियो ।

मंगलबार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले तत्कालीन सेञ्चुरी बैंकका सीईओसहित १० बैंकर समातेको थियो। धितोले धान्नेभन्दा धेरै कर्जा प्रवाह गरेको अनुसन्धानमा देखिएपछि मंगलबार तत्कालीन सेञ्चुरी बैंकका सीईओ तुलसीराम गौतमसहित १० जना बैंकरलाई सीआईबीले पक्राउ थियो।

उनीहरुलाई अनुसन्धान गर्न अदालतले एक हप्ताको समय दिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि…

काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार

मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु

मनाङ । हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम

शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई

बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम

विद्युत् सेवा पटक पटक अवरुद्ध हुँदा उपभोक्ता समस्यामा

खोटाङ । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले

गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा

म्याग्दी । धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै

सरकारलाई दबाब दिन विद्यालय बन्द गर्न शिक्षक महासंघको आग्रह

काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनलाई अन्तिम र निर्णायक बनाउन सबै शिक्षक तथा विद्यालय कर्मचारीलाई आन्दोलनमा जुट्न आग्रह गरेको छ

Techie IT