Techie IT
२०८१ फागुन २९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअर्थगुगल, फेसबुक लगायतका बहुराष्ट्रिय डिजिटल कम्पनीले कर तिर्न थाले

गुगल, फेसबुक लगायतका बहुराष्ट्रिय डिजिटल कम्पनीले कर तिर्न थाले


काठमाडौँ । नेपालमा दर्ता भएका बहुराष्ट्रिय डिजिटल कम्पनीहरूले कर बुझाउन थालेका छन् ।

आन्तरिक राजस्व विभागका अनुसार नेपालमा दर्ता भएका गुगल, फेसबुक, टिकटक, माइक्रोसफ्ट, नेटफ्लिक्स लगायत १३ वटा बहुराष्ट्रिय डिजिटल कम्पनीले कर तिर्न थालेका हुन् ।

पहिलो पटक गएको साउनमा नेपालमा डिजिटल सेवा उपलब्ध गराउने गैरबासिन्दा व्यक्ति तथा कम्पनीले कर तिरेका थिए । नेपालमा कम्पनी, कार्यालय र भौतिक उपस्थिति नै नभएका तर आर्थिक कारोबार गर्ने कम्पनीलाई विभागले चालु आर्थिक वर्षदेखि नेपालको कर प्रणालीमा दर्ता गराएर कर तिराउन थालेको हो ।

चालु आर्थिक वर्षदेखि सरकारले आर्थिक ऐनमा नै व्यवस्था गरेर नेपालमा कारोबार गर्ने गैरबासिन्दा व्यक्ति तथा कम्पनीले कर तिर्नुपर्ने व्यवस्था गरेको थियो । ऐनअनुसार नेपालबाट गरेको कारोबारको दुई प्रतिशतका दरले विद्युतीय सेवा कर (डीएसटी) तिर्नुपर्छ । यो व्यस्थालाई कार्यान्वयन गर्न विभागले छुट्टै निर्देशिका र सफ्टवेयर बनाएर कम्पनीहरूलाई सहजीकरण गरिदिएको थियो ।

कम्पनीहरूलाई नेपालमा नै आउन नपर्ने गरी अनलाइन स्थायी लेखा नम्बर (प्यान) उपलब्ध गराएको र कर पनि डलर खातामा विदेशबाटै तिर्न मिल्ने व्यवस्था मिलाएको विभागले जनाएको छ । उनीहरूले उपभोक्तासँग सेवा प्रवाह गरेर जति पनि भुक्तानी लिन्छन् त्यसमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर बुझाउनुपर्छ ।

अहिले १३ वटा कम्पनीले सरकारलाई माघसम्मको भ्याट तिरेको आन्तरिक राजस्व विभागले जनाएको छ । नेपालमा कम्पनी नै नभएका र सम्पर्क व्यक्ति नै नभएका कम्पनीलाई कर तिराउन सक्ने बनाउनु ठूलो सफलता भएको विभागको भनाइ छ ।

विश्वभर डिजिटल सेवा उपलब्ध गराउने बहुराष्ट्रिय कम्पनीलाई नेपालको कर प्रणालीबारे जानकारी गराएर उनीहरूको कार्यालय भएकै देशबाट कर तिर्ने व्यवस्था मिलाएर नेपालले विदेशी अरू लगानीकर्ताको पनि ध्यान तान्न सफल भएको आन्तरिक राजस्व विभागले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वीरगञ्ज नाका हुँदै निर्यात दोब्बरले बृद्धि

वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार

भद्रपुर मालपोतद्वारा ४४ करोड ५० लाख राजस्व सङ्कलन

झापा। भूमिसुधार तथा मालपोत कार्यालय झापाले चालु आर्थिक वर्षको सात महिनामा रु ४४ करोड ५७ लाख ३७ हजार चार सय

बक्यौता नतिर्ने उद्योगको लाइन काट्न सहमति माग्दै प्राधिकरणले आयोगमा पत्र…

काठमाडाैँ । बक्यौता नतिर्ने उद्योगको लाइन काट्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ फेरि सक्रिय भएका छन् । यसअघि

सर्लाहीका ४७ जना उखु किसान सम्मानित

बरहथवा । इन्दु शङ्कर चिनी उद्योगले आधुनिक विधि र प्रविधिको प्रयोगसहित १९ जातका उखु उत्पादन गरेका ४७ जना उखु किसानलाई

छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड खर्च

काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड ७८ लाख बजेट खर्च भएको छ ।

समस्या झेल्दै ‘भोजपुरे खुकुरी’ उद्योग

भोजपुर। पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरी व्यवसायका लागि प्रख्यात छ । यहाँ बनेको खुकुरीको नेपालभित्र मात्र होइन, देशबाहिर पनि त्यतिकै

Techie IT