गृहपृष्ठ ∕
अर्थ ∕
राष्ट्र बैंकद्वारा पाँच मनीचेन्जर कम्पनीको इजाजतपत्र रद्द राष्ट्र बैंकद्वारा पाँच मनीचेन्जर कम्पनीको इजाजतपत्र रद्द
काठमाडौँ । नेपाल राष्ट्र बैंकले पाँचवटा मनीचेन्जर कम्पनीको इजाजतपत्र रद्द गरेको छ ।
राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आज एक सूचना जारी गर्दै पाँचवटा मनीचेन्जरको इजाजतपत्र रद्द गरिएको जानकारी दिएको हो ।
विभागका अनुसार काठमाडौँको वसन्तपुरस्थित फेयर मनी एक्सचेन्ज, क्षेत्रपाटीस्थित कैलाश मनी एक्सचेन्ज र लालदरबारस्थित रुट नेपाल मनी एक्सचेन्ज, भक्तापुरको तौमढीस्थित न्यातपोल मनी एक्सचेन्ज तथा रसुवाको गोसाइँकुण्डको टिमुरेस्थित ग्रेस मनी एक्सचेन्जको इजाजत रद्द गरिएको छ ।
मनीचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ मा रहेको व्यवस्थाबमोजिम नवीकरण नगरेकोले ती मनीचेन्जरको इजाजतपत्र रद्द गरिएको विभागले स्पष्ट पारेको छ ।

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
मनाङ । हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पोखरामा उद्घाटन गर्दै उनले
सर्लाही। चन्द्रनगर गाउँपालिकाका किसान विद्युतीकरणपछि मकैखेतीतर्फ आकर्षित भएका छन् । सिँचाइ सुविधा नभएपछि यहाँका किसानले अकासे पानीको भरमा खेती गर्दै
काठमाडाैँ । नेपाल स्टक एक्सचेन्स (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चूडामणि चापागाईं नियुक्त भएका छन् । नवनियुक्त सीईओ
पर्सा । पर्साको वीरगञ्ज सुक्खा बन्दरगाहको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भारतीय कम्पनी प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालिले पाएको छ ।
काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले सोमबार मध्यरातदेखि