Techie IT
२०८२ वैशाख ८, सोमबार
NepaliPatra logo
गृहपृष्ठअर्थसातौँ वार्षिकोत्सव मनाउँदै खल्ती

सातौँ वार्षिकोत्सव मनाउँदै खल्ती


काठमाडौँ । नेपालको अग्रणी डिजिटल वलेट खल्तीले आज आफ्नो सातौँ वार्षिकोत्सव मनाइरहेको छ । २०१७ मा मोबाइल टपअप र बिल भुक्तानी जस्ता सुविधाबाट डिजिटल रूपान्तरण सुरुवात गरेको खल्तीले अहिले ईभेन्ट टिकटिङ देखि सरकारी सेवासम्मको कारोबारमा डिजिटल भुक्तानीको सेवा प्रदान गर्न सफल भएको छ ।

सबै नेपालीका लागि वित्तीय समावेशीकरणको उद्देश्य लिएर अगाडि बढेको खल्तीले आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा यस यात्रामा साथ दिएका सम्पूर्ण प्रयोगकर्ता, साझेदार, नियामक निकाय, एजेन्ट, मर्चेन्ट व्यवसायी र खल्ती कर्मचारीहरूलाई आभार व्यक्त गरेको छ ।

निकै कम समयमा पनि नेपालको डिजिटल कारोबारको करिब एक चौथाइ ओगट्न सफल खल्तीले दैनिक करिब ३ लाख वटा भन्दा बढी कारोबार द्वारा लाखौँ प्रयोगकर्ताहरूको जनजीवन सहज बनाइरहेको छ भने १ लाख भन्दा बढी साना तथा मझौला मर्चेन्ट व्यवसायीहरू प्रत्यक्ष रूपमा खल्तीको डिजिटल भुक्तानी सेवा बाट लाभान्वित भइरहेका छन् । आफ्नो स्थापनाको छोटो अवधिमा नै‍ खल्तीले करिब ४० लाख भन्दा बढी प्रयोगकर्ताहरू, १ लाख, एजेन्ट, ६० हजार मर्चेन्ट, ५० बैंक तथा वित्तिय संस्था र १५००ं सहकारीको विश्वास जित्दै निरन्तर साथ पाउन सफल भएको छ ।

खल्तीले हालै मात्र देशकै सबै भन्दा बढी डिजिटल भुक्तानी कारोबार गर्ने भुक्तानी सेवा प्रदायकको रूपमा पनि सम्मानित भएको छ ।

खल्ती आफ्नो सातौँ वर्षमा प्रवेश गर्दै एक डिजिटल वलेट मात्र नभई ‘ योङ्ग एण्ड ट्रेन्डी फाइनान्सिएल लाइफस्टाइल ब्रान्ड’ बन्दै युवा पुस्तालाई लक्षित गर्दै अघि बढिरहेको छ । यसका लागी खल्तीले भुक्तानी बाहेकका विभिन्न नवीन सेवा जस्तै खल्ती क्विज, खल्ती बिलबुक नवीकरण , खल्ती सुरक्षा , इभेन्ट टिकटिङ , भोटिङ , मुभी टिकटिङ , ‘खल्ती प्रो’ , ‘खल्ती क्लब’ जस्तै सेवाहरू उपलब्ध गर्दै आइरहेको छ। आगामी दिनमा पनि आफ्नो लगानी नवीन सेवा र सुविधा उपलब्ध गराउन प्रयोग गर्ने कुरा बताएको छ ।

यस बारे खल्तीका प्रमुख कार्यकारी अधिकारी विनय खड्का भन्छन् “ सुरुवाती चरण देखि नै खल्ती सम्पूर्ण नेपालीहरूलाई वित्तीय समावेशीकरण उपलब्ध गराउने प्रतिबद्धताका साथ अघि बढाएको छ । आजको दिन , सात वर्षको यात्रा सम्म आइपुग्दा आधारभूत उपयोगिता भुक्तानीबाट सुरु गरेको हाम्रो यात्रा आजको दिनमा घरमै बसेर अधिकांश सेवाहरू लिन मिल्ने व्यवस्था सम्म पुर्याउन सफल भएका छौँ । हामीले निजी क्षेत्र साथ साथै सरकारी क्षेत्रका अधिकांश सेवाहरू पनि खल्तीमा उपलब्ध गराएका छौँ । अबको हाम्रो प्रतिबद्धता खल्तीलाई फाइनान्सिएल लाइफस्टाइल ब्रान्डको रूपमा स्थापित गर्ने भएकोले हामी त्यसै अनुरूप खल्तीलाई भुक्तानी मात्र नब‍भई लगानी तथा आफ्नो व्यवस्थापन गर्ने प्लेटफर्मको रूपमा स्थापित गर्न विभिन्न नवीन सेवाहरू थपी आफ्ना प्रयोगकर्ताहरूलाई उत्कृष्ट अनुभव प्रदान गर्न खल्ती प्रतिबद्ध छ ।”

सातौँ वार्षिकोत्सवको उपलक्ष्यमा खल्तीले १२ माघ देखि १८ माघ (७ दिन)को अवधि भर पहिलो बैकं लिकं भुक्तानीमा प्रयोगकर्ताहरूलाई रू ७७ को क्यासब्याक को अफर उपलब्ध गराएको छ । यसका साथै खल्तीले ‘खल्ती जर्नी’ अफर पनि उपलब्ध गराएको छ। यस अनुसार प्रयोगकर्ताहरूले खल्ती एपमा राईट स्वाइप गरी तोकिएको शीर्षक अनुसारको भुक्तानीमा इन्स्टेन्ट रिवार्ड जस्तै खल्ती ब्यालेन्स , खल्ती पोईन्ट , कुपनहरू र अन्य विभिन्न उपहार जित्न सक्नेछन्। ‘खल्ती जर्नी’ मा १ देखि ७ वर्ष को शीर्षकमा विभिन्न चरणमा विभिन्न कार्य तोकिएको छ । सोही अनुसारको चरणहरू पार गर्दै प्रयोगकर्ताहरूले विजेता बन्न सक्नेछन्। भुक्तानी मात्र नभई खल्ती क्विज, बैंक ट्रान्सफर, भोटिङ , दामी क्यु आर र फ्री विड्र बैंक खाता सेटअप जस्ता खल्ती विशेष ईनोभेसनहरूको चरण पार गर्न गर्दै रिवार्डको लाभ उठाउन सक्नेछन् ।

साथै, खल्तीले विभिन्न मर्चेन्टसँग साझेदारी गर्दै विभिन्न अफर तथा उपहार पनि आफ्नो ६ औँ वार्षिकोत्सव कै उपलक्षमा उपलब्ध गराएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु

मनाङ । हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम

संविधानविरोधी गतिविधि स्वीकार्य छैनः गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पोखरामा उद्घाटन गर्दै उनले

विद्युतीकरणपछि चन्द्रनगरका किसान मकैखेतीतर्फ आकर्षित

सर्लाही। चन्द्रनगर गाउँपालिकाका किसान विद्युतीकरणपछि मकैखेतीतर्फ आकर्षित भएका छन् । सिँचाइ सुविधा नभएपछि यहाँका किसानले अकासे पानीको भरमा खेती गर्दै

नेप्सेकाे सीईओमा चूडामणि चापागाईं नियुक्त

काठमाडाैँ । नेपाल स्टक एक्सचेन्स (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चूडामणि चापागाईं नियुक्त भएका छन् । नवनियुक्त सीईओ

वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनको जिम्मेवारी भारतीय कम्पनीलाई

पर्सा । पर्साको वीरगञ्ज सुक्खा बन्दरगाहको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भारतीय कम्पनी प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालिले पाएको छ ।

डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले सोमबार मध्यरातदेखि

Techie IT