Techie IT
२०८२ वैशाख १०, बुधबार
NepaliPatra logo
गृहपृष्ठअर्थइन्फोडेभलपर्सको सहकारी एपबाट टपअप गर्दा टीभी, इयरबड्स र स्मार्ट ब्यान्ड जित्न सकिने

इन्फोडेभलपर्सको सहकारी एपबाट टपअप गर्दा टीभी, इयरबड्स र स्मार्ट ब्यान्ड जित्न सकिने


काठमाडौँ । इन्फोडेभलपर्सले आफ्नो मोबाइल बैंकिङ एपको नयाँ योजनाअन्तर्गत स्मार्ट टीभी र आकर्षक उपहार जित्ने सकिने अफर ल्याएको छ ।

योजनाअन्तर्गत सहकारी तथा लघुवित्तका सदस्यले आफ्नो सहकारी तथा लघुवित्तको मोबाइल बैंकिङ एपमार्फत एनटीसी वा एनसेल दुवै नम्बरमा टपअफ गर्दा टीभी र अरू उपहार जित्न सक्नेछन् ।

ग्राहकले उपहारमा यसुदा ब्रान्डको ३२ इन्चको टीभी, नोइज ब्रान्डको इयरबड्स, खल्ती प्रोको सदस्यता र अनर ब्रान्डको स्मार्ट–ब्यान्ड्स जित्न सक्ने कम्पनीले जनाएको छ ।

यो योजना आउँदो चैत ३१ गते सकिनेछ । इन्फोडेभलपर्स र एमडबली मोबाइल बैंकिङको फेसबुक पेजमार्फत विजेताको घोषणा गरिने कम्पनीले जानकारी गराएको छ ।

सहकारी तथा लघुवित्तका सदस्यले आफ्नो मोबाइलबाटै रिचार्ज र डिजिटल कारोबार गर्न प्रोत्साहन गर्ने अफरको लक्ष्य रहेको इन्फोडेभलपर्सले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु

मनाङ । हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम

संविधानविरोधी गतिविधि स्वीकार्य छैनः गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पोखरामा उद्घाटन गर्दै उनले

विद्युतीकरणपछि चन्द्रनगरका किसान मकैखेतीतर्फ आकर्षित

सर्लाही। चन्द्रनगर गाउँपालिकाका किसान विद्युतीकरणपछि मकैखेतीतर्फ आकर्षित भएका छन् । सिँचाइ सुविधा नभएपछि यहाँका किसानले अकासे पानीको भरमा खेती गर्दै

नेप्सेकाे सीईओमा चूडामणि चापागाईं नियुक्त

काठमाडाैँ । नेपाल स्टक एक्सचेन्स (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चूडामणि चापागाईं नियुक्त भएका छन् । नवनियुक्त सीईओ

वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनको जिम्मेवारी भारतीय कम्पनीलाई

पर्सा । पर्साको वीरगञ्ज सुक्खा बन्दरगाहको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भारतीय कम्पनी प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालिले पाएको छ ।

डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले सोमबार मध्यरातदेखि

Techie IT