Techie IT
२०८१ फागुन ७, बुधबार
NepaliPatra logo
गृहपृष्ठअर्थनेपाललाई समृद्धिको बाटोमा लैजाने क्षेत्र जलविद्युतः इप्पान अध्यक्ष कार्की

नेपाललाई समृद्धिको बाटोमा लैजाने क्षेत्र जलविद्युतः इप्पान अध्यक्ष कार्की


काठमाडौँ । स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान) का अध्यक्ष गणेश कार्कीले जलविद्युतको विकास भएमात्रै मुलुक समृद्ध हुने बताएका छन् ।

बिहीबार इप्पानको २४ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउनको लागि जलविद्युत विकास पहिलो भएको बताएका हुन् ।

अध्यक्ष कार्कीले सरकारले १० वर्षमा २८ हजार भन्दा बढी जलविद्युत उत्पादन गर्ने लक्ष्य हासिल गर्न उर्जा मन्त्रालयलाई शक्तिशाली बनाउन आवश्यक रहेको बताए । मुलुकलाई समृद्धिको बाटोमा लैजाने क्षेत्र भनेकै जलविद्युत भएको दाबी गरे । उनले बैंक तथा वित्तिय क्षेत्रले पनि जलविद्युतमा लगानी वृद्धि गर्न आवश्यक रहेको बताए ।

अध्यक्ष कार्कीले १० वर्षमा २८ हजार बढी विद्युत उत्पादन गर्न ४६ खर्ब रुपैयाँ आवश्यक पर्ने बताए । उनले त्यसका लागि नेपाल भित्रबाट कति सम्भव भन्ने कुरामा राष्ट्र बैंक र बैंकका प्रमुख कार्यकारी अधिकृतहरुले पनि सोच्नुपर्ने आवश्यकता रहेको बताए ।

सरकारले २८ हजार जलविद्युत उत्पादन गर्ने लक्ष्य प्राप्तिको लागि उर्जा मन्त्रालयलाई शक्तिशाली मन्त्रालयका रुपमा विकास गरी सबै काम उर्जा मन्त्रालयबाट गर्नसक्ने वातावरण बनाउन आवश्यक रहेको बताए । उर्जा क्षेत्रका सबै काम उर्जा मन्त्रालयबाट नै हुनेगरी उर्जा मन्त्रालयलाई शक्तिशाली बनाउन आवश्यक देखिएको उल्लेख गरे । उनले सरकारले जलविद्युत क्षेत्रका लागि धेरै खालका नीतिगत सुधारहरु गर्नुपर्नेमा जोड दिए ।

जलविद्युत उत्पादनका लागि झनझटिला नीति र कार्यविधिहरुलाई सरकारले सुधार गरेर लैजानसके मात्रै २८ हजार मेगावट विद्युत उत्पादनको लक्ष्य हासिल हुनसक्ने दाबी उनको छ ।

अध्यक्ष कार्कीले अबको १० वर्षलाई उर्जा दशक घोषणा गर्न माग गरे । उनले पछिल्लो समय जलविद्युत उत्पादनमा विभिन्न खालका समस्या रहेकाले कम्पनीहरुको आम्दानी समेत घट्ने अवस्थामा रहेको बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भद्रपुर मालपोतद्वारा ४४ करोड ५० लाख राजस्व सङ्कलन

झापा। भूमिसुधार तथा मालपोत कार्यालय झापाले चालु आर्थिक वर्षको सात महिनामा रु ४४ करोड ५७ लाख ३७ हजार चार सय

बक्यौता नतिर्ने उद्योगको लाइन काट्न सहमति माग्दै प्राधिकरणले आयोगमा पत्र…

काठमाडाैँ । बक्यौता नतिर्ने उद्योगको लाइन काट्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ फेरि सक्रिय भएका छन् । यसअघि

सर्लाहीका ४७ जना उखु किसान सम्मानित

बरहथवा । इन्दु शङ्कर चिनी उद्योगले आधुनिक विधि र प्रविधिको प्रयोगसहित १९ जातका उखु उत्पादन गरेका ४७ जना उखु किसानलाई

छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड खर्च

काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड ७८ लाख बजेट खर्च भएको छ ।

समस्या झेल्दै ‘भोजपुरे खुकुरी’ उद्योग

भोजपुर। पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरी व्यवसायका लागि प्रख्यात छ । यहाँ बनेको खुकुरीको नेपालभित्र मात्र होइन, देशबाहिर पनि त्यतिकै

तल्लो सोलु हाइड्रो निर्माणको अन्तिम चरणमा

सोलुखुम्बु। जिल्लाको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला हाइड्रोपावर निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति

Techie IT