Techie IT
२०८१ फागुन २२, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअर्थवातावरण दिवसको अवसरमा सांग्रिला डेभलपमेन्ट बैंकको साइकल र्‍याली

वातावरण दिवसको अवसरमा सांग्रिला डेभलपमेन्ट बैंकको साइकल र्‍याली


काठमाडौँ। विश्व वातावरण दिवसका अवसरमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले साइकल र्‍याली आयोजना गरेको छ। शनिबार आयोजित र्‍यालीको मुख्य नारा ‘इन्धन जोगाऔं, पृथ्वी बचाऔं’ रहेको थियो।

डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालसँगको सहकार्यमा साइकल र्‍यालीको आयोजना गरिएको बैंकले जनाएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत सुुयोग श्रेष्ठले वातावरण संरक्षणकाबारेमा जानकारी गराउँदै साइकल र्‍यालीको शुभारम्भ गरेका थिए।

बैंकको केन्द्रीय कार्यालय बालुवाटारको प्राङ्गणबाट सुरु भएको र्‍याली गैरीधारा, नारायणचौर, नागपोखरी, नारायणहिटी, दरबारमार्ग, भद्रकाली मन्दिर, शहिद गेट, त्रिपुरेश्वर, सुन्धारा, जमल, दरबारमार्ग, कृष्ण पाउरोटी, सिटी सेन्टर, ज्ञानेश्वर, जर्मन ऐम्बेसी, सानो गौचरण पुगेको थियो।

साइकल र्‍यालीमा बैंकका कर्मचारी, गाहकवर्ग, सेयरधनी, प्रायोजक लगायत गरी करिब ४०० जनाको सहभागिता रहेको थियो।

वातावरण प्रवर्द्धन प्रतिको उत्तरदायित्वलाई आत्मसात गर्दै इन्धनको मितव्ययिता एवम् साइकलको प्रयोग गरी प्रदूषण नियन्त्रणमा टेवा पुर्‍याउने उदेश्यले र्‍याली आयोजना गरिएको बैंकले जनाएको छ।

र्‍यालीमा सहभागीमध्ये लक्की ड्रमार्फत राधाकृष्ण श्रेष्ठलाई एकथान साइकल समेत उपहार प्रदान गरिएको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वीरगञ्ज नाका हुँदै निर्यात दोब्बरले बृद्धि

वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार

भद्रपुर मालपोतद्वारा ४४ करोड ५० लाख राजस्व सङ्कलन

झापा। भूमिसुधार तथा मालपोत कार्यालय झापाले चालु आर्थिक वर्षको सात महिनामा रु ४४ करोड ५७ लाख ३७ हजार चार सय

बक्यौता नतिर्ने उद्योगको लाइन काट्न सहमति माग्दै प्राधिकरणले आयोगमा पत्र…

काठमाडाैँ । बक्यौता नतिर्ने उद्योगको लाइन काट्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ फेरि सक्रिय भएका छन् । यसअघि

सर्लाहीका ४७ जना उखु किसान सम्मानित

बरहथवा । इन्दु शङ्कर चिनी उद्योगले आधुनिक विधि र प्रविधिको प्रयोगसहित १९ जातका उखु उत्पादन गरेका ४७ जना उखु किसानलाई

छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड खर्च

काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड ७८ लाख बजेट खर्च भएको छ ।

समस्या झेल्दै ‘भोजपुरे खुकुरी’ उद्योग

भोजपुर। पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरी व्यवसायका लागि प्रख्यात छ । यहाँ बनेको खुकुरीको नेपालभित्र मात्र होइन, देशबाहिर पनि त्यतिकै

Techie IT