Techie IT
२०८१ कात्तिक ३०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअर्थशेयर बजारमा ५ अर्ब १३ करोड रुपैयाँको कारोबार

शेयर बजारमा ५ अर्ब १३ करोड रुपैयाँको कारोबार


काठमाडाैँ । आज पनि शेयर बजार बढेको छ । शेयर बजार परिसूचक नेप्से आज नौ दशमलव ५० अङ्कले बढेर दुई हजार ८९ दशमलव ६२ विन्दुमा पुगेको छ ।

आज बैंकिङ, उत्पादन, माइक्रोफाइनान्स, म्युचल फन्ड, अन्य र व्यापार समूहको शेयर सामान्य बढेको छ । अरू समूहको शेयर घटेको छ ।

आज सबैभन्दा धेरै मनकामना स्मार्ट लघुवित्त, हिमालयन रि इन्सुरेन्स, मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजिङ कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । समग्रमा बजार बढेको दिन आज छिमेक लघुवित्त र ग्लोबल आईएमई बैंक डिबेन्चर २०८६/८७ को शेयर झन्डै छ प्रतिशतले घटेको छ ।

आज एक करोड ३४ लाख ७७ हजार कित्ता शेयर पाँच अर्ब १३ करोड ४८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको ३२ करोड ७८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बैंकले घटाए मंसिरका लागि ब्याजदर

काठमाडौँ । वाणिज्य बैंकहरूले मंसिरका निम्ति पनि ब्याजदर घटाएका छन् । कात्तिकमा २० वाणिज्य बैंकको ब्याजदर औसत छ दशमलब एक

नेप्सेमा १४ अंकले बृद्धि

काठमाडौँ। साताको अन्तिम कारोबारको दिन बिहीबारको नेप्सेमा १४ अंकले बृद्धि भएको छ । परिसूचक सामान्य अंकले बढे पनि कारोबार भने

पेट्रोलियम अन्वेषण : ७९ प्रतिशत ‘ड्रिलिङ’ सकियो

दैलेख । जिल्लाको भैरवी गाउँपालिका –१ जलजले क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तर्गत ‘ड्रिलिङ’को ७९ प्रतिशत काम सकिएको छ । चार

लगानी निरुत्साहित हुने गतिविधि नगर्न अध्यक्ष ढकालको आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी निरुत्साहित हुने गतिविधि हुननहुने बताउँदै देशलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर

ठेलामा सातु बिक्री गरेर मासिक ५० हजार आम्दानी

सुनसरी । सुनसरी सदरमुकाम इनरुवा–१ का अर्जुन पौदार बिहानै ५ बजे इनरुवाको मुख्य बजारमा रहेको सुपरमार्केमा ठेला लिए आइपुग्नुहुन्छ ।

सुनको भाउ तोलामा एक हजार रुपैयाँले घट्यो

काठमाडाैँ । आज सुनको भाउ एक हजार रुपैयाँले घटेको छ । सुनको भाउ एक हजार रुपैयाँले घटेर तोलाको एक लाख

Techie IT