Techie IT
२०८१ फागुन २९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअर्थटेलिकमको सेवालाई चुस्त बनाउन आवश्यक छः मन्त्री शर्मा

टेलिकमको सेवालाई चुस्त बनाउन आवश्यक छः मन्त्री शर्मा


काठमाडौँ । संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिकमबाट वितरण भएका सेवाहरूको मर्मत सम्भारलाई चुस्त दुरुस्त बनाउन आवश्यक रहेको बताएकी छन् ।

बुधबार मन्त्रालयमा भर्चुअल माध्यमबाट नेपाल टेलिकमबाट रुकुम पूर्वको रुकुमकोट र रुकुम पश्चिमको मुसीकोटमा दूरसञ्चार पूर्वाधार अप्टिकल ट्रान्समिसन लिंक पुर्‍याएर फाइबर टू द होम एफटिटिएच सेवाको सुभारम्भ गर्दै उनले यस्तो बताएकी हुन् ।

मन्त्री शर्माले टेलिकमले आफ्नो सेवाको साथै गुणस्तरमा पनि ध्यान दिनुपर्ने बताइन् । टेलिकमले आफ्ना सम्पूर्ण सेवाहरूको मर्मत सम्भारलाई पनि चुस्त दुरुस्त बनाउनुपर्ने उनको भनाइ थियो ।

सेवाको मर्मतसम्भारलाई ध्यान दिन नसकेमा सेवाको गुणस्तरले मात्रै पनि काम गर्दैन, ग्राहक सेवालाई पनि ग्राहकमैत्री बनाउनुपर्छ, मन्त्री शर्माले भनिन्, टेलिकमको ग्राहक सेवाको सम्बन्धमा गुनासाहरू छन्, ती गुनासालाई सम्बोधन गर्ने क्रममा छौँ ।

मन्त्री शर्माले नेपाल टेलिकमको ग्राहक सेवालाई प्रभावकारी बनाउनको निम्ति बिहान ७ बजेदेखि साँझ ७ बजेसम्मको मर्मत सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइएको पनि जानकारी दिइन् । यसलाई २४ घण्टा सेवामा पुर्‍याउन आवश्यक छलफल भइरहको पनि जानकारी दिइन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वीरगञ्ज नाका हुँदै निर्यात दोब्बरले बृद्धि

वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार

भद्रपुर मालपोतद्वारा ४४ करोड ५० लाख राजस्व सङ्कलन

झापा। भूमिसुधार तथा मालपोत कार्यालय झापाले चालु आर्थिक वर्षको सात महिनामा रु ४४ करोड ५७ लाख ३७ हजार चार सय

बक्यौता नतिर्ने उद्योगको लाइन काट्न सहमति माग्दै प्राधिकरणले आयोगमा पत्र…

काठमाडाैँ । बक्यौता नतिर्ने उद्योगको लाइन काट्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ फेरि सक्रिय भएका छन् । यसअघि

सर्लाहीका ४७ जना उखु किसान सम्मानित

बरहथवा । इन्दु शङ्कर चिनी उद्योगले आधुनिक विधि र प्रविधिको प्रयोगसहित १९ जातका उखु उत्पादन गरेका ४७ जना उखु किसानलाई

छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड खर्च

काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड ७८ लाख बजेट खर्च भएको छ ।

समस्या झेल्दै ‘भोजपुरे खुकुरी’ उद्योग

भोजपुर। पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरी व्यवसायका लागि प्रख्यात छ । यहाँ बनेको खुकुरीको नेपालभित्र मात्र होइन, देशबाहिर पनि त्यतिकै

Techie IT