गृहपृष्ठ ∕ अर्थ ∕ ‘फोन पे’को क्यूआरबाट भुक्तानी नहुने समस्या समाधान‘फोन पे’को क्यूआरबाट भुक्तानी नहुने समस्या समाधान नेपालीपत्र बुधबार, २०८० पुस २५ गते, १५:१५ मा प्रकाशित अर्थ काठमाडौँ । भुक्तानी प्रणाली सञ्चालक फोन पेको क्यूआर भुक्तानीमा देखिएको समस्या समाधान भएको छ । बुधबार बिहानदेखि फोन पेको क्यूआर कोडमार्फत भुक्तानी गर्न खोज्दा भुक्तानी नहुने समस्या देखिएको थियो ।दिउँसो करिब १ बजेतिर उक्त समस्या समाधान भएको हो । फोन पेको क्यूआर प्रयोग गरी विभिन्न बैंकमार्फत भुक्तानी गर्न खोज्दा भुक्तानी नहुने समस्या देखिएको थियो ।समस्या थाहा हुने बित्तिकै प्राविधिक टिमले काम थालेको र अहिले समाधान भइसकेको फोन पेका चिफ अपरेटिङ अफिसर (सीओओ) पारस कुँवरले बताए ।क्यूआर स्क्यान गर्दा फोन पेसँग हुनुपर्ने सम्पर्क स्थापित हुन नसकेर भुक्तानी नहुने समस्या देखिएको थियो । फोन नम्बर हानेर हुने भुक्तानी र वालेटहरूमा रहेको फोन पेको क्यूआरमार्फत हुने भुक्तानीमा भने समस्या आएको थिएन । #फोन पेग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार होटल उद्योगमा साढे पाँच खर्ब स्थायी लगानीकाठमाडाैँ । नेपालको होटल उद्योगमा साढे पाँच खर्ब स्थायी लगानी रहको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले हिजो सार्वजनिक गरेको ‘राष्ट्रिय सुर्खेतमा ‘मानव स्मारक’ बनाउन ९ करोड ७६ लाख रकम सङ्कलनकर्णाली । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा ‘मानव स्मारक’ बनाउन ९ करोड ७६ लाख ९२ हजार आठ सय ४३ सङ्कलन ग्लोबल आईएमई बैंकको वार्षिकोत्सव : ३५ जना छात्रालाई छात्रवृत्तिकाठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ । संस्थागत सामाजिक अर्थ समितिबाट सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक पारितकाठमाडौं । प्रतिनिधिसभा, अर्थ समितिको आज बसेको बैठकले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० पारित गरेको छ । बैठकमा समितिका भरतपुर भ्रमण वर्षको अवसरमा रैथाने खाना महोत्सवचितवन । भरतपुर भ्रमण वर्षका अवसरमा राष्ट्रिय रैथाने खाना महोत्सव आयोजना गरिने भएको छ । आजदेखि १६ गतेसम्म पश्चिम चितवनको नवलपुरका २५ किसान समूह व्यावसायिक प्याजखेती गर्दैनवलपरासी । नवलपुरमा २५ किसान समूहले व्यावसायिक प्याजखेती शुरु गरेको छन् । जिल्लामा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयनधेरै पढिएका खबर १ रास्वपा सभापति रवि लामिछानेविरुद्ध कास्कीमा मुद्दा दर्ता २ राष्ट्रिय ज्येष्ठ नागरिक दिवस विभिन्न कार्यक्रमका साथ मनाइदै ३ भारतीयले कब्जा गरेको नेपाली जमिनमा तुरुन्त कदम चाल्न सरकारसँग खनालको माग ४ छोराको कुटपिटबाट बुवाको मृत्यु ५ व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी ६ भरतपुर भ्रमण वर्षको अवसरमा रैथाने खाना महोत्सव ७ अर्थ समितिबाट सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक पारितThe Film Nepal