Techie IT
२०८२ वैशाख १०, बुधबार
NepaliPatra logo
गृहपृष्ठअर्थमहालक्ष्मी विकास बैंकले महालक्ष्मी मन्दिरको स्वस्तिक बगैंचाको मर्मत गरिदिने

महालक्ष्मी विकास बैंकले महालक्ष्मी मन्दिरको स्वस्तिक बगैंचाको मर्मत गरिदिने


काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले ललितपुर महानगरपालिका–५ मा रहेको महालक्ष्मी मन्दिरमा अवस्थित महालक्ष्मी स्वस्तिक बगैंचाको मर्मत गरिदिने भएको छ । यसका लागि बैंकले महालक्ष्मीस्थान व्यवस्थापन समितिसँग समझदारी पनि गरेको छ ।

महालक्ष्मीस्थान व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम ढुंगाना र बैंकको निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले समझदारी पत्र आदानप्रदान गरे ।

महालक्ष्मी मन्दिर परिसरको प्राकृतिक सौन्दर्यलाई अभिवृद्धि गर्नुका साथै मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीहरुलाई स्वच्छ तथा शान्त वातारणको अनुभूति प्राप्त गर्न मद्दत पुर्‍याउने उद्देश्यले व्यवस्थापन पक्षसँग सम्झौता गरिएको बैंकले जनाएको छ ।

बैंकले २०७७ सालमा बगैंचाको पुनः निर्माण गर्नुका साथै निरन्तर मर्मत कार्य गर्दै आइरहेको छ ।

दर्शनार्थीहरुले मन्दिरलाई सहयोग गर्न चाहेको खण्डमा बैंकले क्यूआर कोडको व्यवस्था समेत गरेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु

मनाङ । हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम

संविधानविरोधी गतिविधि स्वीकार्य छैनः गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पोखरामा उद्घाटन गर्दै उनले

विद्युतीकरणपछि चन्द्रनगरका किसान मकैखेतीतर्फ आकर्षित

सर्लाही। चन्द्रनगर गाउँपालिकाका किसान विद्युतीकरणपछि मकैखेतीतर्फ आकर्षित भएका छन् । सिँचाइ सुविधा नभएपछि यहाँका किसानले अकासे पानीको भरमा खेती गर्दै

नेप्सेकाे सीईओमा चूडामणि चापागाईं नियुक्त

काठमाडाैँ । नेपाल स्टक एक्सचेन्स (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चूडामणि चापागाईं नियुक्त भएका छन् । नवनियुक्त सीईओ

वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनको जिम्मेवारी भारतीय कम्पनीलाई

पर्सा । पर्साको वीरगञ्ज सुक्खा बन्दरगाहको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भारतीय कम्पनी प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालिले पाएको छ ।

डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले सोमबार मध्यरातदेखि

Techie IT