गृहपृष्ठ ∕ अर्थ ∕ शेयर बजारमा हरियालीशेयर बजारमा हरियाली नेपालीपत्र सोमबार, २०८० पुस २३ गते, १५:४२ मा प्रकाशित अर्थ काठमाडौँ । आज सोमवार शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३६ दशमलव ५७ अङ्कले बढेर दुई हजार ५९ दशमलव ४९ विन्दुमा पुगेको छ ।आज म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेकोमा जलविद्युत्, लगानी, फाइनान्स र अन्य समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।आज आठ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आजदेखि कारोबारमा आएको हिमालयन रि–इन्सुरेन्सको शेयरमा पनि पहिलो दिन सकारात्मक सर्किट लागेको छ ।आज कुल एक करोड ३७ लाख कित्ता शेयर कारोबार भएकामा सबैभन्दा धेरै निफ्राको मात्रै पाँच लाख २६ हजार कित्ता शेयर खरिदरबिक्री भएको छ । आज चार अर्ब ६७ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको २१ करोड ८४ लाख रुपैयाँको शेयर किनबेच भएका छन् । #शेयर बजारग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार राजस्व चुहावट कसुरमा मुद्दा दायरलुम्बिनी । राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय बुटवल मार्फत बुटवल उपमहानगरपालिका–५ नेपालगञ्जरोड स्थित अलिम इन्टरप्राइजेजका सञ्चालक अलिम मियाँ विरुद्ध चितवन महोत्सवमा कृषि गोष्ठी :रासायनिक विषादीको प्रयोग बढ्दै गएकोमा चिन्ताकाठमाडाैँ । चितवनमा चलिरहेको चितवन महोत्सवको अवसरमा भएको कृषि गोष्ठीमा रासायनिक विषादीको प्रयोग घटाउनुपर्नेमा विज्ञले जोड दिएका छन् । ‘स्वच्छ सार्वजनिक निकायमा स्वदेशी वस्तुहरुको उपयोग गर्न उद्योग वाणिज्य महासङ्घको आग्रहकाठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासङ्घले सार्वजनिक निकायमा स्वदेशी वस्तुहरुको प्रयोग अनिवार्य गर्ने नेपाल सरकारको निर्णय कार्यान्वयनका लागि सबै जिल्ला सुन्तला उत्पादन घटेपनि मूल्य वृद्धि हुँदा किसान उत्साहितसुनसरी । गत वर्षको तुलनामा सुन्तलाको उत्पादन घटे पनि मूल्य वृद्धि हुँदा पूर्वी पहाडका किसान उत्साहित भएका छन् । गत दिक्तेल रुपाकोट मझुवागढीमा ‘कृषक सँग उपप्रमुख कार्यक्रम’खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कफीखेती प्रवर्द्धन कार्यक्रम शुरुआत गरेको छ । नगरपालिकाको ‘कृषक सँग उपप्रमुख कार्यक्रम’ अन्तर्गत स्थानीय कर्णालीका दुग्ध उत्पादक किसानले प्रोत्साहनसुर्खेत । तीन हजार बढी दुग्ध उत्पादक किसानलाई कर्णाली प्रदेश सरकारले प्रोत्साहनका लागि रू एक करोड २३ हजार उपलब्ध गराएकोधेरै पढिएका खबर १ हमासले युद्धविराम सम्झौता उल्लङ्घन गरेको भन्दै घर प्यालेस्टाइनी माथि इजरायलको अवरोध २ प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपिएफलाई ३ आज जैविक विविधता दिवस ४ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सचिवालय बैठक बस्दै ५ कालिम्पोङमा गायक दीपक बज्राचार्यको कन्सर्ट हुदै ६ देशभर आज शहीद दिवस मनाइँदै ७ सुनचाँदीको मूल्य घट्योThe Film Nepal