Techie IT
२०८१ फागुन २८, बुधबार
NepaliPatra logo
गृहपृष्ठअर्थनेपाल विज्ञापन संघको अध्यक्षमा थापा निर्वाचित

नेपाल विज्ञापन संघको अध्यक्षमा थापा निर्वाचित


काठमाडौँ । नेपाल विज्ञापन संघ (आन)को अध्यक्षमा एएनएस क्रियसनका सुदीप थापा निर्विरोध निर्वाचित भएका छन् ।

आइतवार भएको संघको २४औं साधारण सभाले थापाको नेतृत्वमा आनको नयाँ कार्यसमिचि निर्वाचित गरेको हो ।

संघमा कोषाध्यक्षबाहेक अन्य पदाधिकारीहरु निर्विरोध भएका छन् भने ७ जना सदस्य निर्वाचित भएका छन् । अध्यक्ष थापासहित प्रथम उपाध्यक्षमा उजय शाक्य, द्वितिय उपाध्यक्ष पंकजलाल प्रधान, महासचिव कृष्णप्रसाद घिमिरे, कोषाध्यक्ष साजन श्रेष्ठ र सचिवमा सन्तोष खड्का निर्वाचित भएका छन् ।

सदस्यहरुमा क्रमशः अरुणकाजी स्थापित, रोशन रेग्मी (आरसी), सन्तोष सिलवाल गिरी, दिपेन्द्र पौडेल, विधान राजभण्डारी, रोशन पौडेल, मनिस अधिकारी र प्रभात रिमाल विजयी भएका छन् । संघका पदाधिकारी तथा सदस्यहरुले आजै सपथ गरेका छन् । सबै क्षेत्र समेटिएको यो कार्यसमिति ३ वर्षको लागि निर्वाचित भएको हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नमोबुद्धमा ‘श्रमको सम्मान–राष्ट्रको अभियान’ सञ्चालन

काभ्रे । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा ‘श्रमको सम्मान–राष्ट्रको अभियान’ सञ्चालन गरिएको छ । नगरले कार्यक्रमअन्तर्गत योजना सञ्चालनपूर्व

हत्या गरेको आरोपमा एक नाबालकसहित पाँच जना पक्राउ

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वरस्थित एक महिलाको हत्यामा सङ्लग्न भएको आरोपमा प्रहरीले एक नाबालकसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला

निजी विद्यालयहरूले शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका छन्: मन्त्री…

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी विद्यालयहरूले नेपालको शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिएका बताएका छन् ।

सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन

काठमाडाैँ । काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा विभिन्न देशका २ दर्जनबढी नाटकहरु प्रदर्शन भईरहेका छन् । इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सोसाइटी

रेडपाण्डा संरक्षणका लागि जैविकमार्ग

इलाम । इलाममा लोपोन्मुख रेडपाण्डा संरक्षणका लागि पहल शुरु गरिएको छ । जिल्लाको सन्दकपुर र माईजोगमाई गाउँपालिकामा रहेको आलु विकास

वीरगञ्ज नाका हुँदै निर्यात दोब्बरले बृद्धि

वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार

Techie IT