Techie IT
२०८१ फागुन २७, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअर्थयति एयरलाइन्समा यात्रा गर्ने धनमाया राईले जितिन् बजाजको पल्सर मोटरसाइकल

यति एयरलाइन्समा यात्रा गर्ने धनमाया राईले जितिन् बजाजको पल्सर मोटरसाइकल


काठमाडौँ । यति एयरलाइन्सले सञ्चालन गरेको ‘महोत्सवको बहार, यतिको उडानमा शान्दार उपहार’ चाडपर्व–विशेष अफरको बम्पर उपहार धनमाया राईले जितेकी छन् ।

यतिले फेसबुक लाइभमार्फत् गरेको ‘लक्की ड्र’मा राईले बजाज कम्पनीको तर्फबाट ३ लाख ३९ हजार ९ सय रूपैयाँ मूल्य बराबरको पल्सर एनएस २०० सीसीको मोटरसाइकल प्राप्त गरेकी हुन् । राईले यति एयरलाइन्समा ढ कात्तिकमा काठमाडौं–विराटनगर उडान गरेकी थिइन् ।

यस्तै दोस्रो पुरस्कार बिन्दा श्रेष्ठले हात पारेकी छिन् । उनले थाइलायन एअरको तर्फबाट दुई जनाको लागि बैंकक (थाइल्याण्ड)को दुईतर्फी हवाई टिकट प्राप्त गरेकी छिन् । श्रेष्ठले यति एअरलाइन्समार्फत २१ कात्तिकमा विराटनगर–काठमाडौं उडान गरेकी थिइन् ।

यसैगरी तेस्रो पुरस्कार कार्तिक २७ गते काठमाडौं–भैरहवा उडान गरेकी तीर्थकुमारी भण्डारीले प्राप्त गरेकी छन् । तेस्रो पुरस्कारको रुपमा भण्डारीले एकलाख ५ हजार मूल्य बराबरको एलजीको वासिङ मसिन जितेकी हुन् ।

त्यस्तै, चौथो पुरस्कार आयुष पौडेलले हात परेका छन् । उनले बालाजी डाइमण्डको तर्फबाट ८२ हजार रूपैयाँ मूल्य बराबरको हिराको टप प्राप्त गरेका हुन् । उनले ७ कात्तिकमा पोखरा–काठमाडौं उडान गरेका थिए ।

सोही योजना अन्तर्गत, यति मोबाइल एप वा बेवसाइटमार्फत् टिकट काटी उड्ने यात्रुहरुमध्ये विमल कर्मचार्य र अभिशेख अमनले सिद्धार्थ बुटिक होटलको जोडीसहित ‘नाइट स्टे’ प्राप्त गरेका छन् ।

त्यस्तै, अर्जुन सिंह र निलमकुमारी महतोले फार्म सपको तर्फबाट र सरोज डंगोल र शारदा अधिकारीले लुक्ला आउट डोरको तर्फबाट ७ हजार रूपैयाँ बराबरको गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।

त्यस्तै, हरेक यात्रुले पठाओ, मिसिसा र इना सेन्टरको तर्फबाट स्योरहट प्राइजको रुपमा डिस्काउण्ट भौचर प्राप्त गरेका थिए भने विशेष क्रियशनको तर्फबाट ३ जना यात्रुहरुले १ हजार ५ सय रुपैयाँ मूल्य बराबरको गिफ्ट भौचर प्राप्त गरेका थिए ।

यति एयरलाइन्सले चाडपर्वको समयमा यात्रा गर्ने आफ्ना यात्रुहरुलाई लक्षित गरी २८ असोज (घटस्थापना)देखि ७ मंसिर (छठ पर्व)सम्म ४० दिनको अवधिभर उडान भर्ने यात्रुबीच ‘लक्की ड्र’ गरेको थियो ।

सोही अवधिमा करिब एकलाख यात्रुहरुले यति एयरलाइन्समा यात्रा गरेको प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । बिजेता यात्रुहरुलाई एअरलाइन्सले सम्पर्क गरी उपहार वितरण गरिने उनले जानकारी दिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वीरगञ्ज नाका हुँदै निर्यात दोब्बरले बृद्धि

वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार

भद्रपुर मालपोतद्वारा ४४ करोड ५० लाख राजस्व सङ्कलन

झापा। भूमिसुधार तथा मालपोत कार्यालय झापाले चालु आर्थिक वर्षको सात महिनामा रु ४४ करोड ५७ लाख ३७ हजार चार सय

बक्यौता नतिर्ने उद्योगको लाइन काट्न सहमति माग्दै प्राधिकरणले आयोगमा पत्र…

काठमाडाैँ । बक्यौता नतिर्ने उद्योगको लाइन काट्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ फेरि सक्रिय भएका छन् । यसअघि

सर्लाहीका ४७ जना उखु किसान सम्मानित

बरहथवा । इन्दु शङ्कर चिनी उद्योगले आधुनिक विधि र प्रविधिको प्रयोगसहित १९ जातका उखु उत्पादन गरेका ४७ जना उखु किसानलाई

छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड खर्च

काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड ७८ लाख बजेट खर्च भएको छ ।

समस्या झेल्दै ‘भोजपुरे खुकुरी’ उद्योग

भोजपुर। पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरी व्यवसायका लागि प्रख्यात छ । यहाँ बनेको खुकुरीको नेपालभित्र मात्र होइन, देशबाहिर पनि त्यतिकै

Techie IT