गृहपृष्ठ ∕ अर्थ ∕ कामना सेवाले तिर्यो २ करोड ६२ लाख करकामना सेवाले तिर्यो २ करोड ६२ लाख कर नेपालीपत्र आईतबार, २०८० पुस १ गते, १३:५१ मा प्रकाशित अर्थ काठमाडौँ। कामना सेवा विकास बैंकले २ करोड ६२ लाख ६६ हजार ५८६ रुपैयाँ कर तिरेको छ। बैंकले एफपीओमा जारी गरेको कर र मर्जर तथा प्राप्तिबापतको कर बुझाएको हो।बैंकले दिएको जानकारीअनुसार साढे २ करोडभन्दा धेरै कर ठुला करदाता कार्यालयमार्फत सरकारमा बुझाएको छ। सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत मर्जर तथा प्राप्ति र एफपीओमा कर लगाउने निर्णय गरेको थियो।महालेखाको कार्यालयले पटक–पटक प्रश्न उठाए पनि यसबापतको कर उठाउन सरकारले सकेको थिएन। तर, बजेटमार्फत नै व्यवस्था गरिएपछि कर बुझाउनुपर्ने बैंक तथा वित्तीय संस्थाहरू अदालतको सरणमा पुगेका थिए।अदालतले समेत सरकारकै पक्षमा फैसला गरेपछि बैंक तथा वित्तीय संस्थाले मर्जर तथा प्राप्ति र एफपीओमार्फतको कर बुझाउन थालेका हुन्। यसबापत राज्य कोषमा दुई दिनको अवधिमा १३ अर्ब रुपैयाँ हाराहारीको कर संकलन भएको छ। #कामना सेवा विकास बैंकग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरुमनाङ । हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम संविधानविरोधी गतिविधि स्वीकार्य छैनः गृहमन्त्रीकाठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पोखरामा उद्घाटन गर्दै उनले विद्युतीकरणपछि चन्द्रनगरका किसान मकैखेतीतर्फ आकर्षितसर्लाही। चन्द्रनगर गाउँपालिकाका किसान विद्युतीकरणपछि मकैखेतीतर्फ आकर्षित भएका छन् । सिँचाइ सुविधा नभएपछि यहाँका किसानले अकासे पानीको भरमा खेती गर्दै नेप्सेकाे सीईओमा चूडामणि चापागाईं नियुक्तकाठमाडाैँ । नेपाल स्टक एक्सचेन्स (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चूडामणि चापागाईं नियुक्त भएका छन् । नवनियुक्त सीईओ वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनको जिम्मेवारी भारतीय कम्पनीलाईपर्सा । पर्साको वीरगञ्ज सुक्खा बन्दरगाहको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भारतीय कम्पनी प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालिले पाएको छ । डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्योकाठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले सोमबार मध्यरातदेखिधेरै पढिएका खबर १ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम २ प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किँदै ३ मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै ४ शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई ५ दुर्गेश थापा अभिनित राफल्स एडुकेयरको तिहार गीत सार्वजानिक ६ एनआरएन साउदीको अध्यक्षमा रबिना अर्याल चयन ७ गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कारThe Film Nepal