Techie IT
२०८१ फागुन ५, सोमबार
NepaliPatra logo
गृहपृष्ठअर्थआज कतिले बढ्यो सुनको मुल्य ?

आज कतिले बढ्यो सुनको मुल्य ?


काठमाडौँ । स्थानीय बजारमा यस साता सुनको मूल्य प्रतिदस ग्राम एक हजार तीन सय ७० ले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार साताको पहिलो दिन आइतबार प्रति दस ग्राम एक लाख सात सय ४० मा कारोबार भएको थियो ।

शुक्रबार एक लाख दुई हजार एक सय दसमा उक्त सुन कारोबार भएको छ । नेपाली बजारमा पनि यो साता सुनको मूल्य बढ्यो । स्थिर रहेको सुनको मूल्य साताको दोस्रो दिन सोमबार बढेर त्यसपछि दुई दिन केही घटे पनि बिहीबारदेखि पुनः बढेको थियो । महासङ्घका अनुसार यो साता पनि विश्व बजारमा सुनको मूल्य बढेको छ ।

अमेरिकी रिजर्भ बैंक फेडले ब्याजदर कटौती गर्ने सङ्केत गरेसँगै बढेको सुनको मूल्यमा विभिन्न मुलुकमा जारी द्वन्द्वले थप असर पारेको बिश्लेषकहरूले बताएका छन् । उनीहरुले नयाँ वर्षमा सुनको मूल्यले रेकर्ड कायम गर्न सक्ने आँकलनसमेत गरेको महासङ्घले उल्लेख गरेको छ । यो साता नेपाली बजारमा चाँदीको मूल्य पनि बढेको छ ।

साताको पहिलो दिन आइतबार एक हजार दुई सय २२ मा कारोबार भएको चाँदीको मूल्य साताको अन्तिम दिन शुक्रबार प्रति १० ग्राम एक हजार दुई सय ६० कायम भएको महासङ्घका कार्यवाहक महासचिव किरणभाइ बज्राचार्यले जानकारी दिए। रासस

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भद्रपुर मालपोतद्वारा ४४ करोड ५० लाख राजस्व सङ्कलन

झापा। भूमिसुधार तथा मालपोत कार्यालय झापाले चालु आर्थिक वर्षको सात महिनामा रु ४४ करोड ५७ लाख ३७ हजार चार सय

बक्यौता नतिर्ने उद्योगको लाइन काट्न सहमति माग्दै प्राधिकरणले आयोगमा पत्र…

काठमाडाैँ । बक्यौता नतिर्ने उद्योगको लाइन काट्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ फेरि सक्रिय भएका छन् । यसअघि

सर्लाहीका ४७ जना उखु किसान सम्मानित

बरहथवा । इन्दु शङ्कर चिनी उद्योगले आधुनिक विधि र प्रविधिको प्रयोगसहित १९ जातका उखु उत्पादन गरेका ४७ जना उखु किसानलाई

छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड खर्च

काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड ७८ लाख बजेट खर्च भएको छ ।

समस्या झेल्दै ‘भोजपुरे खुकुरी’ उद्योग

भोजपुर। पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरी व्यवसायका लागि प्रख्यात छ । यहाँ बनेको खुकुरीको नेपालभित्र मात्र होइन, देशबाहिर पनि त्यतिकै

तल्लो सोलु हाइड्रो निर्माणको अन्तिम चरणमा

सोलुखुम्बु। जिल्लाको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला हाइड्रोपावर निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति

Techie IT