काठमाडौँ। आज मङ्गलवार शेयर बजार बढेको छ। हिजो सोमवार १५ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ३६ दशमलव ८६ अङ्कले बढेर १ हजार ९ सय ८५ दशमलव ४४ विन्दुमा पुगेको छ।
आज सबै समूहको शेयर बढेकोमा बीमा, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, हाइड्रोपावर, विकास बैंक, व्यापार, माइक्रोफाइनान्स, फाइनान्स समूहको शेयर उच्च अङ्ले उकालो लागेको छ।
आज बोटलर्स नेपाल, धौलागिरि लघुवित्त, नेपाल रिपब्लिक मिडिया, सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको शेयर १० प्रतिशतले बढेको छ। समग्रमा बजार बढेको दिन आज सीवाईसी नेपाल लघुवित्तको शेयर ५ प्रतिशतभन्दा धेरैले घटेको छ।
आज १ करोड २४ लाख कित्ता शेयर ४ अर्ब ३० करोड रुपैयाँमा कारोबार भएको छ। सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको १८ करोड रुपैयाँको शेयर किनबेच भयो।