काठमाडौँ। स्ट्यान्डर्ड चार्टर्ड बैंकले आफ्ना कर्मचारीका लागि ‘सुत्केरी बिदा लाभ’ घोषणा गरेको छ।
बैंकले यही महिना डिसेम्बरदेखि लागू हुने योजनामा कर्मचारीले कम्तीमा एक सय ४० दिन अर्थात (२० हप्ता) सुत्केरी बिदाबराबरको भुक्तानी पाउने योजना ल्याएको हो।
कर्मचारीलाई सुत्केरी बिदा दिने बैंकमा स्ट्यान्डर्ड पहिलो बैंक रहेको बैंकले दाबी गरेको छ।
यसको बैंकको उद्देश्य अभिभावकलाई आफ्ना बालबालिका हेरचाह गर्ने जिम्मेवारीमा समान सहभागिताको क्षमता प्रदान गर्ने र यसका लागि एक सय ४० दिन राखिएको बैंकले जनएको छ।
बैंकले विज्ञप्तिमा लेखेको छ ,’बच्चालाई परिवारमा स्वागत गर्नु महत्वपूर्ण अवसर हो,’ बैंकका मानव संसाधन प्रमुख राजन उदासले भने, ‘यसमा बैंक आफ्ना सहकर्मीको समर्थन गर्न चाहन्छ । यसो गर्दा उनीहरूले व्यक्तिगत र काम दुवैमा सन्तुलन बनाउन सक्छन् ।’