Techie IT
२०८१ असार २१, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअर्थनेपाल वेयरहाउजिङ कम्पनीको आइपीओ बाँडफाँड

नेपाल वेयरहाउजिङ कम्पनीको आइपीओ बाँडफाँड


काठमाडौँ। नेपाल वेयरहाउजिङ कम्पनीको आइपीओ बाँडफाँड आज मंगलबार गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक हिमालयन क्यापिटलले नेपाल वेयरहाउजिङको आइपीओ बाँडफाँड गरेको हो।

आइपीओ बाँडफाँड कार्यक्रम बिहान १० बजे हिमालयन क्यापिटलको कार्यालयमा राखिएको थियो।

कम्पनीले गत मंसिर २० गतेदेखि मंसिर १३ गतेसम्म सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको थियो। २७ हजार ५०० कित्ता शेयर आफ्ना कर्मचारीहरुका लागि र ६८ लाख ७५ हजार ५०० बराबरको ६८ हजार ७५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको ११ लाख ४१ हजार २५० कित्ता शेयर सर्वसाधारणका लागि जारी गरिएको थियो।

क्यापिटलका अनुसार यो आइपीओमा कुल १२ लाख ७६ हजार ५५६ आवेदकबाट कुल १ करोड ३८ लाख ५१ हजार २६० कित्ता शेयर माग भएको थियो। जसमा ११ लाख ९१ हजार ९८८ आवेदकबाट माग भएको १ करोड २६ लाख ५६ हजार ७२० कित्ता सदर भएको छ भने ८४ हजार ५६८ आवेदकबाट परेको ११ लाख १९ हजार ५४० कित्ता रद्द र बदर भएका छन्।

मागभन्दा बढी आवेदन परेकै कारण यो आइपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसमा भाग्यमानी १ लाख १४ हजार १२५ आवेदकले १० कित्ताका दरले शेयर पाएका छन्। सदर आवेदकमध्ये १० लाख ७७ हजार ८६३ आवेदकको हात खाली भएको छ।

यो आईपीओको अन्तिम नतिजा केहीबेरमा सीडीएससी, धितोपत्र बिक्री प्रबन्धक र आइपीओ निष्कासन गर्ने कम्पनीको वेबसाइटमा हेर्न सकिनेछ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

राष्ट्रिय सभाबाट बजेट सर्वसम्मत पारित

काठमाडौँ । राष्ट्रिय सभाबाट आउँदो आर्थिक वर्षको बजेट सर्वसम्मत पारित भएको छ । आज बसेको राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री वर्षमान

आज सुनको मुल्य बढ्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । विहिबार सुनको मुल्य तोलामा १६ सयले बढेर तोलाको १

शेयर बजार सामान्य बढ्यो

काठमाडौँ । शेयर बजार आज सामान्य बढेको छ । दिनभर उतारचढावका बीच शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव ७९

बुधबार सुनको मुल्य बढ्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । बुधबार सुनको मुल्य तोलामा ४०० ले बढेर तोलाको १

सुनको मुल्य बढ्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । मंगलबार सुनको मुल्य तोलामा एक सयले बढेर तोलाको

शेयर बजार १६ अङ्कले बढ्याे

काठमाडौँ । शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव २९ अङ्कले बढेर २

Techie IT