Techie IT
२०८१ फागुन १७, शनिबार
NepaliPatra logo
गृहपृष्ठअर्थनेपालमा लगानी गर्न युएईका लगानीकर्तासमक्ष अध्यक्ष ढकालको आह्वान

नेपालमा लगानी गर्न युएईका लगानीकर्तासमक्ष अध्यक्ष ढकालको आह्वान


काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई)का लगानीकर्ताहरुलाई नेपालमा लगानीका अवसरहरुबाट लाभ लिएर लगानी बढाउन नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आग्रह गरेका छन् ।

युएईको दुबइमा सुरु भएको संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलनका अवसरमा आयोजित ‘नेपाल युएई बिजनेस फोरम’ लाई बिहीबार साँझ सम्बोधन गर्दै उनले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको र लगानीको वातावरण पनि बनेकाले नेपालमा लगानी गर्न युएईका लगानीकर्ताहरुलाई आह्वान गरेका हुन् ।

अध्यक्ष ढकालले नेपालको अर्थतन्त्रमा देखिएको सुधारले लगानीकर्ताहरूलाई नयाँ अवसरहरू सिर्जना पनि भएको र नेपालमा लगानी गरिरहेका बहुराष्ट्रिय कम्पनीहरुले राम्रो मुनाफा आर्जन गरिरहेकाले नेपालमा लगानी गरेर लाभ लिन उनीहरुलाई आग्रह गरेको महासङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

अध्यक्ष ढकालले ऊर्जा, पर्यटन, कृषि प्रशोधन र आइसिटी गरी चार क्षेत्रहरूमा लगानीको आकर्षण रहेको बताए । आफ्नै आन्तरिक बजार तथा भारत र बङ्गलादेशका क्षेत्रीय बजारहरूमा ऊर्जाको माग बढिरहेकाले नेपालको जलविद्युत्मा गरिने लगानीले उच्च प्रतिफल दिने अध्यक्ष ढकालले उल्लेख गरे ।

उनले थप पर्यटकलाई स्वागत गर्न नेपालमा नयाँ अन्तरराष्ट्रिय विमानस्थलहरू सञ्चालनमा आएको र निजी क्षेत्रले ‘लक्जरी’ होटेल तथा रिसोर्टहरूमा लगानी बढाएको पनि उल्लेख गरे ।

अध्यक्ष ढकालले युएईका लगानीकर्ताहरूलाई होटल, केबुलकार, थिम पार्क र हिल स्टेसन लगायतका पर्यटन पूर्वाधारमा लगानी साझेदारीका लागिसमेत आग्रह गरे ।

अध्यक्ष ढकालले नेपालको उच्च हिमाली क्षेत्रका कृषि उत्पादन तथा जडीबुटीको विश्व बजारमा माग रहेको र कृषि प्रशोधनमा समेत लगानीका थप अवसरहरू रहेकोतर्फ पनि युएईका लगानीकर्ताहरूको ध्यानाकर्षण गराए ।

डिजिटल अर्थतन्त्रको विकासले आइसिटी क्षेत्रमा युवाहरूको आकर्षण बढेकाले यस क्षेत्रमा समेत लगानी साझेदारीका सम्भावनाहरू प्रशस्त रहेको पनि अध्यक्ष ढकालले उल्लेख गरे ।

व्यापार र लगानीमा बैंकिङ तथा वित्तीय क्षेत्रको महत्वपूर्ण भूमिका रहेकाले नेपालको बैंकिङ क्षेत्रमा युएईको लगानी प्रवद्र्धन गर्न पनि अध्यक्ष ढकालले आग्रह गरे ।

कडा परिश्रम र इमानदारिताका लागि नेपाली श्रम शक्ति परिचित रहेकोतर्फ ध्यानाकर्षण गराउँदै अध्यक्ष ढकालले श्रमिकहरूलाई थप दक्ष बनाउन प्राविधिक तथा व्यावसायिक जनशक्ति विकासमा समेत नेपालमा लगानी गर्न सकिने जानकारी दिए ।

दुई देशबीचको आर्थिक सम्बन्धलाई मजबुत बनाउन सबै तहमा सहकार्य गर्न नेपाल उद्योग वाणिज्य महासङ्घ तत्पर रहेको पनि अध्यक्ष ढकालले जानकारी गराए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरेको नेपाल युएई बिजनेस फोरममा नेपाल र युएईका लगानीकर्ताहरूको उपस्थिति रहेको थियो । त्यस अवसरमा नेपाल र युएईमा लगानीका सम्भावना र अवसरहरुका बारेमा दुई देशका लगानीकर्ताहरुले छलफल पनि गरेका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वीरगञ्ज नाका हुँदै निर्यात दोब्बरले बृद्धि

वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार

भद्रपुर मालपोतद्वारा ४४ करोड ५० लाख राजस्व सङ्कलन

झापा। भूमिसुधार तथा मालपोत कार्यालय झापाले चालु आर्थिक वर्षको सात महिनामा रु ४४ करोड ५७ लाख ३७ हजार चार सय

बक्यौता नतिर्ने उद्योगको लाइन काट्न सहमति माग्दै प्राधिकरणले आयोगमा पत्र…

काठमाडाैँ । बक्यौता नतिर्ने उद्योगको लाइन काट्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ फेरि सक्रिय भएका छन् । यसअघि

सर्लाहीका ४७ जना उखु किसान सम्मानित

बरहथवा । इन्दु शङ्कर चिनी उद्योगले आधुनिक विधि र प्रविधिको प्रयोगसहित १९ जातका उखु उत्पादन गरेका ४७ जना उखु किसानलाई

छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड खर्च

काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड ७८ लाख बजेट खर्च भएको छ ।

समस्या झेल्दै ‘भोजपुरे खुकुरी’ उद्योग

भोजपुर। पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरी व्यवसायका लागि प्रख्यात छ । यहाँ बनेको खुकुरीको नेपालभित्र मात्र होइन, देशबाहिर पनि त्यतिकै

Techie IT