Techie IT
२०८१ पुस ९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअर्थ‘नेपालमा भविष्य छ’ भन्ने सकारात्मक भाष्य स्थापित गरौँ: अर्थमन्त्री महत

‘नेपालमा भविष्य छ’ भन्ने सकारात्मक भाष्य स्थापित गरौँ: अर्थमन्त्री महत


काठमाडौँ। अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या क्रमशः समाधान हुँदै गइरहेका बताएका छन्। राष्ट्रिय कर दिवस, २०८० का अवसरमा सञ्चालित कर सप्ताहको आज समापन गर्दै उनले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि जिम्मेवार निकायको उपस्थितिमा सर्वपक्षीय र सर्वदलीय छलफल गरिएको जानकारी दिए।

“विश्वकै अर्थतन्त्रमा शिथिलता छ, त्यो शिथिलता हामीले पनि भोग्यौँ, आन्तरिक र बाह्य कारणबाट मुलुकको अर्थतन्त्रमा शिथिलता आयो”, मुलुकको आर्थिक अवस्था अप्ठ्यारो अवस्थातर्फ लैजाने विगतका अभ्यासबारे जानकारी दिँदै उनले भने, “कोरोना महामारी, भूकम्पलगायत कारणबाट मुलुकको अर्थतन्त्र समस्यामा थियो, आर्थिक अवस्थाको मूल्याङ्कन नगरी लिइएका नीतिका कारण समस्या चुलियो।”अर्थतन्त्रमा देखिएका समस्या हट्दै गएका र सकारात्मक दिशातर्फ अर्थतन्त्र अघि बढिरहेको उनको भनाइ छ। “हरेक देशमा समस्या आइरहेको छ, समस्यारहित केही छैन, समस्याको समाधान गरिएको छ, मुलुकमा केही हुन्छ भन्ने विश्वास वृद्धि भएको छ”, मन्त्री डा महतले भने , “मुलुकको विकास जुन रफ्तारमा हुनुपर्ने हो, त्यसो नभए पनि मुलुकको अवस्थामा सुधार भइरहेको छ।”

रोजगारी सिर्जना, उत्पादन वृद्धि, हरित ऊर्जालगायत क्षेत्रमा लगानीका लागि सरकारले प्रोत्साहन गरिरहेको उल्लेख गर्दै उनले सूचना प्रविधि, पर्यटनलगायत क्षेत्रमा लगानीको उच्च सम्भावना रहेको बताए। “नेपाल भविष्य छ, सकारात्मक ‘भाष्य’ स्थापित गरौँ, अर्थतन्त्रमा कहिलेकाहीँ तलमाथि हुनसक्छ”, मन्त्री महतले भने, “तर सरकार अर्थतन्त्रलाई सही मार्गमा ल्याउन क्रियाशील छ, सरकार र निजी क्षेत्र एक भएर काम गरेर सुखद नतिजा आउनेछ।”

दायित्व सिर्जना भएको बिल सरकारले तिरिसकेको जानकारी दिँदै उनले भुक्तानी दिन बाँकी भए तत्काल विवरण पठाउन अन्य मन्त्रालयलाई आग्रह गरे। कुनै पनि वहानामा करदातालाई दुःख नदिन कर प्रशासनका कर्मचारीलाई निर्देशन दिँदै उहाँले साना र मझौला क्षेत्रका उत्कृष्ट करदातालाई पनि सम्मान गर्ने व्यवस्था मिलाउन आन्तरिक राजस्व विभागलाई आग्रह गरे।

अर्थसचिव कृष्णहरि पुस्करले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायका प्रतिवेदनले नेपालको अर्थतन्त्र सही बाटोमा अघि बढिरहेको देखाएको उल्लेख गर्दै सरकारले चालेको सुधारका कार्यक्रमले अर्थतन्त्रलाई थप गति प्रदान गरेको बताए। उनले निजी क्षेत्रको समस्यालाई सरकारले गम्भीररुपमा लिएको र समस्या समाधान गर्न लागि परेको जानकारी दिए।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकका आर्थिक सूचक सकारात्मक भए पनि अझै निजी क्षेत्रको मनोबल बढ्न नसकेको उल्लेख गर्दै निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढ्न सरकारलाई सुझाव दिए। “विदेशी मुद्रा सञ्चिति, विप्रेषण आप्रवाह, पर्यटकको आवागमन अहिलेसम्मकै बढी भएको छ, तर पनि निजी क्षेत्रमा विश्वास बढ्न नसक्नु चुनौतीपूर्ण छ”, उनले भने, “निजी क्षेत्र र आम जनतालाई सरकारले विश्वास दिलाउनुपर्छ।” नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले व्यवसायीलाई करको दायरामा ल्याउन सचेता बढाउनुपर्ने, व्यवसायीको आत्मबल बढाउनुपर्ने तथा स्थायी कर नीति हुनुपर्ने बताए।

उनले कर नतिर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने बताए। नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले करको दर नभइ दायरा वृद्धि गर्नुपर्ने, कर नीतिको स्थायित्व हुनुपर्ने, पूँजीगत खर्च बढाउनुपर्ने तथा खर्च गर्ने वातावरण सिर्जना गरिनुपर्ने बताए। उनले अप्ठ्यारो अवस्थामा रहेको अर्थतन्त्रलाई लयमा ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वपक्षीय छलफल थालेका आभार प्रकट गरे।

नेपाल उद्योग व्यापार महासङ्घका साना तथा मझौला व्यवसायीलाई कर सचेतना र विभिन्न सुविधा दिइनुपर्ने बताए । सम्मानित सूर्य नेपाल प्रा।लिका उपाध्यक्ष रवि केसीले करदातालाई सम्मान गर्ने परिपाटीले धेरै व्यवसायीलाई हौसला प्रदान गरेको बताए। करको दरभन्दा पनि दायरा विस्तार गर्नुपर्न सरकारलाई सुझाव दिँदै उनले करदाता र लगानीकर्तालाई प्रोत्साहित गर्नुपर्ने बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नवलपुरका २५ किसान समूह व्यावसायिक प्याजखेती गर्दै

नवलपरासी । नवलपुरमा २५ किसान समूहले व्यावसायिक प्याजखेती शुरु गरेको छन् । जिल्लामा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन

व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी

सुनसरी । सुनसरी सदरमुकाम इनरुवा–५ का रमेश कटुवाल ६ बिघामा व्यावसायिक माछापालन गर्नका लागि पोखरी निर्माण गरेका छन् ।जग्गा भाडामा

बागमती प्रदेशमा यस वर्ष धानबाली उत्पादनमा ह्रास

काठमाडौं । बागमती प्रदेशमा यस वर्ष धानबाली उत्पादनमा ह्रास आएको छ । गत असोज ११ र १२ को वर्षासँगै आएको

एनएमबि बैंकको पोखरामा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौँ । एनएमबि बैंकले संयुक्त राज्य अमेरिकाको एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट युएसएआइडीसँगको सहकार्यमा पोखरामा साना तथा मझौला उद्यम तथा लघु,

बाजुराको एक सामुदायिक विद्यालयलाई ईसेवाको सहयोग

काठमाडौँ । ईसेवा मनी ट्रान्सफरले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पार्वती माध्यमिक विद्यालय, बाजुरालाई सहयोग हस्तान्तरण गरेको छ। काठमाडौं, ईसेवा

शेयर बजार सामान्य घट्याे

काठमाडाैँ । शेयर बजार आज सामान्य घटेकाे छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ६० अङ्कले घटेर दुई

Techie IT