Techie IT
२०८१ फागुन २०, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअर्थरुपा तालमा १० हजार माछाका भुरा छाडिए

रुपा तालमा १० हजार माछाका भुरा छाडिए


गण्डकी । विश्व मत्स्य दिवसका अवसरमा कास्कीको रुपा तालमा १० हजार माछाका भुरा छाडिएका छन् । मत्स्य अनुसन्धान केन्द्र पोखरा, रुपाताल पुनःस्थापना तथा मत्स्यपालन सहकारी संस्था र नेपाल फिसिरिज सोसाइटीको सहआयोजनामा आज रुपा तालमा सो परिमाणमा माछाका भुरा छाडिएका हुन् ।

‘स्वदेशी माछाः पोषण र जीवकोपार्जनको आधार’ नाराका साथ स्वदेशी जातका माछाका भुरा छाड्ने र ताल तथा रैथाने माछा संरक्षण सचेतना कार्यक्रमअन्तर्गत सहर, रहु र नैनी प्रजातिका माछाका भुरा छाडिएका हुन् । कार्यक्रममा मत्स्य अनुसन्धान केन्द्र पोखराका प्रमुख डा मो इकवाल हुसेनले तालतलैयाको संरक्षणसँगै रैथाने प्रजातिका माछाको संरक्षण गर्नु आवश्यक भएको बताए। जलाशयको प्रदूषण हटाउँदै जलीय सन्तुलनलाई जोगाउन सबै सचेत बन्नुपर्ने उनले बताए ।

रुपा ताल मत्स्यपालनका साथै सिपिमा मोति खेतीका लागि उपयुक्त स्थल भएको उल्लेख गर्दै प्रमुख हुसेनले आगामी एक महिनाभित्रमा सिपिमा मोति खेती प्रविधिबारे तालिम प्रदान गरिने बताए ।

रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले रैथाने माछाको संरक्षणसँगै तालको जलाधार क्षेत्र वरपर ताल संरक्षण हुने गरी बाली विकास गर्नु जरुरी रहेको बताए। उत्पादनसँग व्यक्ति तथा जनतसमुदायलाई जोड्नु आवश्यक भएको उल्लेख गर्दै उनले तालको संरक्षण र उपयोगमा सबैको सामूहिक प्रयास हुनुपर्ने बताए।

कार्यक्रममा सिड फाउन्डेसनका पूर्वअध्यक्ष दामोदर भक्त थापा, वडा सदस्य देवेन्द्रराज अधिकारी, रुपाताल पुनःस्थापना तथा मत्स्य सहकारी संस्था लिमिटेडका अध्यक्ष शिवराज अधिकारी, सल्लाहकारद्वय कुलप्रसाद अधिकारी र रामचन्द्र सापकोटालगायतले तालको संरक्ष्णसँगै रैथाने प्रजातिका माछाको संरक्षणमा जोड दिनुपर्ने बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वीरगञ्ज नाका हुँदै निर्यात दोब्बरले बृद्धि

वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार

मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन २ करोड ६९ लाख…

तनहुँ । मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य शुरु भएको छ । हाल सञ्चालनमा रहेको उक्त सडकको वैकल्पिक मार्गका

केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो

टीकापुर । कैलालीको कैलालीमा केराको थामबाट उत्पादित रेशा र त्यसबाट निर्माण गरिएका हाते सामग्रीको खपत बढ्दै गएको छ । टीकापुर

ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ

बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको

खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति

खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७

पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालन

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक

Techie IT