Techie IT
२०८१ फागुन १८, आईतबार
NepaliPatra logo
गृहपृष्ठअर्थहिमालयन रिइन्स्योरेन्सको आईपीओ खुल्यो

हिमालयन रिइन्स्योरेन्सको आईपीओ खुल्यो


काठमाडौँ। हिमालयन रिइन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आईपीओ)मा आवेदन खुलेको छ। वैदेशिक रोजगारीमा रहेकालाई आज सोमबारदेखि आईपीओमा आवेदन खुलेको हो।

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा रहेकाहरुले मात्रै अहिले आईपीओमा आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारमा रहेकालाई सेयर बाँडफाँटपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आवेदन खुल्नेछ।

अंकित मूल्य १०० मा १०६ रुपैयाँ प्रिमियम थप गर्दै प्रतिकित्ता २०६ रुपैयाँका दरले कम्पनीको आईपीओ खुला भएको हो। कुल जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँको ३ करोड कित्ता सेयर सर्वसाधारणका लागि निस्कासन हुने भएकोमा त्यसको १० प्रतिशत अर्थात् ३० लाख कित्ता वैदेशिक रोजगारमा रहेकाहरुका लागि खुला भएको हो।

वैदेशिक रोजगारमा रहेकाले न्यूनतम १० र अधिकतम ३ लाख कित्तासम्मका लागि कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन्। मंसिर १८ गतेसम्म यसमा आवेदन दिन सकिने बिक्री प्रबन्धक एनएमबी क्यापिटलले एक सार्वजनिक सूचनामार्फत जनाएको छ। सीडीएससीको अनलाइन प्रणाली मेरोसेयरबाट आवेदन दिन सकिनेछ।

गत असार मसान्तसम्मको कम्पनीको अपरिस्कृत वित्तीय विवरणअनुसार प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ ९२ पैसा तथा प्रतिसेयर आम्दानी ६ रुपैयाँ ३२ पैसा छ। सो अवधिसम्म सञ्चित नाफा ४४ करोड २४ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ।

इक्रा नेपालले कम्पनीलाई ‘ए माइनस’ रेटिङ प्रदान गरेको छ। यसले दायित्व वहनका लागि कम्पनी मध्यम माथिल्लो स्तरमा रहेको जनाउँछ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वीरगञ्ज नाका हुँदै निर्यात दोब्बरले बृद्धि

वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार

भद्रपुर मालपोतद्वारा ४४ करोड ५० लाख राजस्व सङ्कलन

झापा। भूमिसुधार तथा मालपोत कार्यालय झापाले चालु आर्थिक वर्षको सात महिनामा रु ४४ करोड ५७ लाख ३७ हजार चार सय

बक्यौता नतिर्ने उद्योगको लाइन काट्न सहमति माग्दै प्राधिकरणले आयोगमा पत्र…

काठमाडाैँ । बक्यौता नतिर्ने उद्योगको लाइन काट्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ फेरि सक्रिय भएका छन् । यसअघि

सर्लाहीका ४७ जना उखु किसान सम्मानित

बरहथवा । इन्दु शङ्कर चिनी उद्योगले आधुनिक विधि र प्रविधिको प्रयोगसहित १९ जातका उखु उत्पादन गरेका ४७ जना उखु किसानलाई

छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड खर्च

काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड ७८ लाख बजेट खर्च भएको छ ।

समस्या झेल्दै ‘भोजपुरे खुकुरी’ उद्योग

भोजपुर। पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरी व्यवसायका लागि प्रख्यात छ । यहाँ बनेको खुकुरीको नेपालभित्र मात्र होइन, देशबाहिर पनि त्यतिकै

Techie IT