Techie IT
२०८१ फागुन २६, सोमबार
NepaliPatra logo
गृहपृष्ठअर्थटाटाको प्रिमियम विद्युतीय गाडी ‘एक्सप्रेस टी’मा जीपीएस जडान

टाटाको प्रिमियम विद्युतीय गाडी ‘एक्सप्रेस टी’मा जीपीएस जडान


काठमाडौँ। टाटा मोटर्सले प्रिमियम विद्युतीय ट्याक्सी ‘एक्सप्रेस–टी’मा जीपीएस जडान गरेको छ। यो विद्युतीय गाडी काठमाडौं उपत्यकामा गुड्न थालेको एक महिना मात्रै पुरा भएको छ।

कम्पनीका अनुसार उक्त प्रिमियम विद्युतीय ट्याक्सीमा लोकोन्यावको जीपीएस प्रविधि जडान गरेर फ्लिट म्यानेजमेन्टको समेत सुविधा उपलब्ध गराइएका कारण थप सुरक्षित हुने विश्वास गरिएको छ।

‘एक्सप्रेस–टी’ का प्रिमियम विद्युतीय ट्याक्सी धनीहरुले मोबाइल फोन मार्फत नै आफ्नो गाडी कहाँ–कहाँ गुड्यो र कुन रुटमा गुड्यो भनेर हेर्न सक्ने कम्पनीले जनाएको छ। विद्युतीय ट्याक्सी को फ्लिट अपरेटरले आफ्नो गाडी कता छ, कति गुडेको छ र चालकले कुन गतिमा कसरी गुडाएको छ भनेर लोकोन्याव सिप्रदीको एपबाट सजिलै हेर्न पाउने कम्पनीले जनाएको छ।

जीपीएस जडित गाडी ग्राहकहरुको सुरक्षाका लागि पनि उपयुक्त भएकोले ग्राहकहरुले पनि एक्सप्रेस–टी विद्युतीय ट्याक्सीलाई निकै रुचाएको दाबी कम्पनीको छ। आगामी समयमा यस जीपीएस प्रविधिले सबै विद्युतीय सवारी साधनहरुलाई एउटै सिस्टममा ल्याउन र ट्रयाक गर्न मद्दत पुर्‍याउने कम्पनीले बताएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वीरगञ्ज नाका हुँदै निर्यात दोब्बरले बृद्धि

वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार

भद्रपुर मालपोतद्वारा ४४ करोड ५० लाख राजस्व सङ्कलन

झापा। भूमिसुधार तथा मालपोत कार्यालय झापाले चालु आर्थिक वर्षको सात महिनामा रु ४४ करोड ५७ लाख ३७ हजार चार सय

बक्यौता नतिर्ने उद्योगको लाइन काट्न सहमति माग्दै प्राधिकरणले आयोगमा पत्र…

काठमाडाैँ । बक्यौता नतिर्ने उद्योगको लाइन काट्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ फेरि सक्रिय भएका छन् । यसअघि

सर्लाहीका ४७ जना उखु किसान सम्मानित

बरहथवा । इन्दु शङ्कर चिनी उद्योगले आधुनिक विधि र प्रविधिको प्रयोगसहित १९ जातका उखु उत्पादन गरेका ४७ जना उखु किसानलाई

छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड खर्च

काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड ७८ लाख बजेट खर्च भएको छ ।

समस्या झेल्दै ‘भोजपुरे खुकुरी’ उद्योग

भोजपुर। पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरी व्यवसायका लागि प्रख्यात छ । यहाँ बनेको खुकुरीको नेपालभित्र मात्र होइन, देशबाहिर पनि त्यतिकै

Techie IT