Techie IT
२०८१ भदौ २१, शनिबार
NepaliPatra logo
गृहपृष्ठअर्थएमच्याम नेपालले पायो युएस चेम्बर अफ कमर्सको सदस्यता

एमच्याम नेपालले पायो युएस चेम्बर अफ कमर्सको सदस्यता


काठमाडौँ। अमेरिकी लगानीमा नेपालमा सञ्चालित ब्यवसायहरूको छाता सँस्था अमेरिकन च्याम्बर अफ कमर्स (एमच्याम) नेपालले अमेरिका स्थित युएस च्याम्बर अफ कमर्सको सदस्यता प्राप्त गरेको छ।

नेपाली समय अनुसार बिहीबार बिहान अमेरिकामा आयोजित कार्यक्रममा युएस च्याम्बर अफ कमर्सका दक्षिण एसियातर्फका वरिस्ठ उपाध्यक्ष अतुल कश्यप र युएस च्याम्बर अफ कमर्सका अन्तराष्ट्रिय सम्बन्ध प्रमुख जोन मर्फीले एमच्याम नेपालका अध्यक्ष अजित शाहलाई सदस्यताको प्रमाणपत्र प्रदान गरेका हुन्।

एमच्याम नेपालले आफ्नो स्थापनाको दुई वर्षमै युएस च्याम्बर अफ कमर्सको सदस्य बन्न सफल भएको हो। जुन ऐतिहासिक उपलब्धी भएको एमच्याम नेपालका अध्यक्ष अजित शाहले बताए। एमच्याम मार्फत अब संसारभरबाट नेपालमा लगानी गर्नका लागि अनुरोध गर्न सक्ने अवस्था बनेको शाहले बताए। नेपालमा वैदेशिक लगानी भित्र्याउनका लागि यो उपलब्धि कोसेढुङ्गा सावित हुने अध्यक्ष शाहको भनाइ छ।

अध्यक्ष शाहले एमच्याम नेपालले सन् २०२४ मा नेपालमा युएस९नेपाल इकोनोमिक समिट आयोजना गर्ने घोषणा समेत गरे । इकोनोमिक समिटमा अमेरिकाको निजी क्षेत्र र विभिन्न मुलुकका एमच्याम सदस्यहरूको सहभागीता हुनेछ। अमेरिकी लगानीमा अहिले नेपालमा उर्जा, सूचनाप्रविधि तथा पर्यटन लगायतका क्षेत्रमा लगानी हुँदै आएको छ। एमच्याम नेपालमा हालसम्म ४४ सदस्य रहेका छन्, जहाँ १५ हजारभन्दा बढीले प्रत्यक्ष र लाख बढीले अप्रत्यक्ष रोजगारी पाएका छन्।

विश्वभर १३० मुलुकमा यु.एस. च्याम्बर अफ कमर्सका च्याप्टर (एमच्याम)हरु रहेका छन् जहाँ ३० लाख बढी ब्यवसायिक सँस्था आवद्ध छन्। परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा नेपालको टोली अमेरिकाको औपचारिक भ्रमणमा रहेकै समयमा एमच्याम नेपालले सदस्यता पाउनुलाई महत्त्वका साथ हेरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री साउदले अमेरिका र निजी क्षेत्रले नेपालको उर्जा क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए। यस्तै नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनले अर्थतन्त्र सञ्चालनका लागि निजी क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै यु.एस. च्याम्बर अफ कमर्सका दक्षिण एसियातर्फका वरिस्ठ उपाध्यक्ष अतुल कश्यपले नेपाल हरित उर्जाका लागि प्रशस्त सम्भावना रहेको र यसमा लागानी केन्द्रित गर्नु उपलब्धिमुलक हुने बताए।

यस्तै अमेरिकाका लागि नेपाली राजदूत डा. श्रीधर खत्रीले आईटीमा एक खर्ब लगानी गर्दा १० लाखभन्दा बढी रोजगारी सिर्जना गर्न सकिने बताए। कार्यक्रममा एमच्याम नेपालका अध्यक्ष शाहले एम्चामले नेपालमा जनशक्तिको सीप विकाश लगायतमा काम गर्ने योजना रहेको जानकारी दिए।

अहिले वैदेशिक लगानी मार्फत अमेरिका वा नेपालमा लगानी गरि व्यवसाय सञ्चालन गर्दा दुवै देशमा कर तिर्नुपर्ने बाध्यता रहेकोमा त्यसलाई हटाएर एउटा मात्र देशमा कर तिरे पुग्ने व्यवस्थाका लागि एमच्याम नेपालले नीतिगत पहल गरिरहेको शाहले बताए। कार्यक्रममा युएस डिपार्टमेन्ट अफ स्टेटका नेपाल भुटान डेस्क अफिसर सराह अल्ड्रिच लगायत नेपाल र अमेरिकाका ब्यवसायी एवं ब्यावसायिक सँस्थाका प्रतिनिधिको समेत सहभागीता रहेको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सशस्त्र प्रहरीसम्बन्धी विधेयक अर्थ मन्त्रालय पठाइयो

काठमाडौँ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपाल सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई राय-परामर्शका लागि अर्थ मन्त्रालय पठाएको छ। विधेयकमाथि

सुनको भाउमा नयाँ कीर्तिमान

काठमाडौं । तीजको दिन सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ। आज सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको हो। नेपाल सुनचाँदी

इन्टरनेटको मनपरी शुल्क निर्धारण नगर्न प्राधिकरणको निर्देशन

काठमाडौँ । इन्टरनेट सेवा प्रदायकहरूलाई स्वीकृति लिएर मात्र शुल्क निर्धारण गर्न नेपाल दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको छ । इन्टरनेट सेवा

शरद ऋतुमा हिमाल आरोहणका लागि अनुमति

काठमाडौँ । यस वर्षको शरद ऋतु (अटम सिजन)मा मनास्लु हिमाललगायत विभिन्न हिमाल आरोहणका लागि आरोहीले धमाधम आरोहण अनुमति लिन थालेका

शेयर बजार आज पनि घट्यो

काठमाडाैँ । शेयर बजार आज पनि घटेको छ । हिजो ९० अङ्कभन्दा धेरैले घटेको शेयर बजार परिसूचक नेप्से आज १२

सुनको मूल्य चार दिनदेखि स्थिर

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य चार दिनयता स्थिर छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ५२ हजार

Techie IT