Techie IT
२०८१ फागुन १८, आईतबार
NepaliPatra logo
गृहपृष्ठअर्थनेप्से परिसूचकमा ३.०४ अंकले वृद्धि

नेप्से परिसूचकमा ३.०४ अंकले वृद्धि


काठमाडौँ। नेप्से परिसूचकको कारोबारमा सोमबार ३.०४ अंकले वृद्धि भएको छ। सुरुवाती समयदेखि नै उच्च गिरावट देखिएको सेयर बजार अन्तिम समयमा आएर ३.०४ अंकले वृद्धि भएको हो।

कारोबार खुलेको ४७ मिनेटमै नेप्से १८५७ विन्दुसम्म झरेकोमा अन्तिम समयमा १८७८.७० विन्दुमा आएर बन्द भयो। दिउँसो सवा २ बजेपछि नेप्सेमा सुधार देखिएको छ। कारोबार रकम भने ६९ करोड ४२ लाखमा खुम्चिएको छ। आइतबार ७४ करोड २९ लाख रूपैयाँको कारोबार भएको थियो।

होटल तथा पर्यटन २० र उत्पादन उपसमूह ४० अंकले घटेका छन्। भने बैंकिङ ०.५८, विकास बैंक २७, फाइनान्स १३, जलविद्युत् ४, जीवन बीमा १२, निर्जीवन बीमा ८३, अन्य १ र ब्यापार उपसमूह २१ अंकले बढे।

पञ्चकन्या माइ हाइड्रोको मूल्य सबैभन्दा धेरै ७.८ प्रतिशत बढ्यो भने मन्दाकिनी हाइड्रोको ५.८ प्रतिशत बढ्यो। सोनापुर मिनरल्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घटेको छ। सूचीकृत भएपछि लगातार दोस्रो दिन कम्पनीको मूल्य १० प्रतिशतले घटेको हो।

बिन्ध्यवासिनी हाइड्रोपावर र अपर सोलु हाइड्रोको मूल्य साढे ६ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा साधना लघुवित्त संस्थापक सेयर, नेपाल लाइफ इन्स्योरेन्स, सिद्धार्थ बैंक संस्थापक, नबिल बैंक र नेसनल हाइड्रोपावर क्रमशः अगाडि रहेका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वीरगञ्ज नाका हुँदै निर्यात दोब्बरले बृद्धि

वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार

भद्रपुर मालपोतद्वारा ४४ करोड ५० लाख राजस्व सङ्कलन

झापा। भूमिसुधार तथा मालपोत कार्यालय झापाले चालु आर्थिक वर्षको सात महिनामा रु ४४ करोड ५७ लाख ३७ हजार चार सय

बक्यौता नतिर्ने उद्योगको लाइन काट्न सहमति माग्दै प्राधिकरणले आयोगमा पत्र…

काठमाडाैँ । बक्यौता नतिर्ने उद्योगको लाइन काट्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ फेरि सक्रिय भएका छन् । यसअघि

सर्लाहीका ४७ जना उखु किसान सम्मानित

बरहथवा । इन्दु शङ्कर चिनी उद्योगले आधुनिक विधि र प्रविधिको प्रयोगसहित १९ जातका उखु उत्पादन गरेका ४७ जना उखु किसानलाई

छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड खर्च

काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड ७८ लाख बजेट खर्च भएको छ ।

समस्या झेल्दै ‘भोजपुरे खुकुरी’ उद्योग

भोजपुर। पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरी व्यवसायका लागि प्रख्यात छ । यहाँ बनेको खुकुरीको नेपालभित्र मात्र होइन, देशबाहिर पनि त्यतिकै

Techie IT