Techie IT
२०८१ माघ २७, आईतबार
NepaliPatra logo
गृहपृष्ठअर्थआज पनि सोनापुर मिनरल्सको शेयर मूल्य १० प्रतिशतले घट्यो

आज पनि सोनापुर मिनरल्सको शेयर मूल्य १० प्रतिशतले घट्यो


काठमाडौँ। दोस्रो कारोबार भएको दिन पनि सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको सेयर मूल्य १० प्रतिशतले घटेको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार धितोपत्र दोस्रो बजारमा आइतबारदेखि कारोबारमा आएको सोनापुरको सेयर मूल्य पहिलो कारोबार दिनमा प्रतिकित्ता ३५ रुपैयाँले घटेको थियो। दोस्रो दिन पनि बजार खुलेको १० मिनेटमै १० प्रतिशत (३१ रुपैयाँ ५० पैसा)ले घटेको हो।

नेप्सेका अनुसार सोमबार प्रतिकित्ता ३०८ रुपैयाँ ७० पैसामा कारोबार खुलेको थियो। १० प्रतिशतले मूल्य घटेर प्रतिकित्ता २८३ रुपैयाँ ५० पैसा कायम भएको छ। १० प्रतिशतले मूल्य घटेर अहिले कारोबार बन्द भएको छ।

यो कम्पनीले सर्वसाधारण, आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीलाई गरी कुल एक अर्ब २३ लाख २०० कित्ता सेयर निष्कासन गरेको थियो। उक्त सेयर नेप्सेमा कात्तिक २ गते सूचीकृत भएको हो।

सर्वसाधारणतर्फ ४० प्रतिशत र संस्थापक सेयरधनीको ६० प्रतिशत सेयर रहेको कम्पनीले जनाएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड खर्च

काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड ७८ लाख बजेट खर्च भएको छ ।

समस्या झेल्दै ‘भोजपुरे खुकुरी’ उद्योग

भोजपुर। पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरी व्यवसायका लागि प्रख्यात छ । यहाँ बनेको खुकुरीको नेपालभित्र मात्र होइन, देशबाहिर पनि त्यतिकै

तल्लो सोलु हाइड्रो निर्माणको अन्तिम चरणमा

सोलुखुम्बु। जिल्लाको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला हाइड्रोपावर निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति

लाहाखेतीबाट मनग्य आम्दानी गर्न सकिन्छ

मोरङ । झापा गौराहदका डम्बर विश्वकर्माले झापा गौराहदमा २०७५ साल देखि पाँच बिघा जमिन भाडामा लिई सेमियलताका बिरुवामा लाहाखेती गर्दै

नेपाली बजारमा सामसङ ग्यालेक्सी एस २५ सिरिजको प्रि-बुकिङ शुरु

काठमाडौं । नेपाली बजारमा सामसङ मोबाइलको ग्यालेक्सी एस २५ सिरिजको प्रि–बुकिङ शुरु भएको छ । बिहीवार आयोजित एक कार्यक्रममा पूर्व

राजस्व चुहावट कसुरमा मुद्दा दायर

लुम्बिनी । राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय बुटवल मार्फत बुटवल उपमहानगरपालिका–५ नेपालगञ्जरोड स्थित अलिम इन्टरप्राइजेजका सञ्चालक अलिम मियाँ विरुद्ध

Techie IT