Techie IT
२०८१ फागुन १४, बुधबार
NepaliPatra logo
गृहपृष्ठअर्थतनहुँमा धान उत्पादन क्षेत्र घट्दै

तनहुँमा धान उत्पादन क्षेत्र घट्दै


तनहुँ । तनहुँ जिल्लामा वार्षिक चार हजार मेट्रिक टन चामल अपुग रहेको देखिएको छ । कृषि ज्ञान केन्द्र तनहुँको तथ्याङ्कले जिल्लामा चामल अपुग रहेको देखिएको हो ।

जिल्लामा धान उत्पादन हुने क्षेत्र घट्दै गएकाले चामल अपुग देखिएको बागबानी विकास अधिकृत वीरेन्द्र धितालले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका लागि चार हजार सात सय १७ मेट्रिक टन चामल अपुग छ ।

वार्षिक प्रतिव्यक्ति दैनिक शून्य दशमलव २५ केजीका दरले एक वर्षका लागि प्रतिव्यक्ति ९१ दशमलव २५ केजी चामल आवश्यक पर्दछ । तनहुँमा यस वर्ष २७ हजार दुई सय २० मेट्रिक टनमात्रै चामल उत्पादन भएको छ । जबकि वार्षिकरूपमा ३१ हजार नौ सय ३७ मेट्रिक टन चामल आवश्यक पर्दछ ।

उनले भने, “अहिलेको अवस्थामा उत्पादन भएको चामलले पुगिरहेको छैन । धान उत्पादन घटेसँगै चामल पनि अपुग भइरहेको छ ।” प्रतिव्यक्तिले प्रतिदिन दुई सय ग्राम खायो भने एक हजार सात सय ७० मेट्रिक टन बचत हुने तथ्याङ्कले देखाएको छ ।

धान उत्पादनमा आत्मनिर्भर हुनसके जिल्लामा चामल बढी हुने देखिएको छ । यसका लागि कार्यालयले चैतेधान प्रवर्द्धन कार्यक्रमलाई अगाडि बढाएको छ । हाल एक हजार आठ सय ९० हेक्टरमात्रै चैते धानखेती भइरहेकामा त्यसलाई दुई हजार चार सय हेक्टरमा विस्तार गर्ने लक्ष्य छ । “त्यसो हुँदा चैते धान उत्पादन वृद्धि भई चामलमा आत्मनिर्भर बन्न सकिन्छ । त्यतिबेला ६० मेट्रिक टन चामल बढी उत्पादन हुन्छ”, बागबानी विकास अधिकृत धितालले भने ।

वर्षे धान बिक्री नभएकाले धानखेतीतर्फ कृषकको आकर्षण घटेको छ । पछिल्लो एक दशकयता जिल्लामा वर्षे, चैते र घैय्या धान उत्पादन घट्दो अवस्थामा छ । विसं २०६० मा ३५ हजार सात सय ८६ मेट्रिक टन वर्षे धान उत्पादन भएकामा विसं २०७९ मा ३३ हजार दुई सय ८० मेट्रिक टन धान उत्पादन भएको छ । त्यतिबेला १२ हजार तीन सय ४० हेक्टर क्षेत्रफलमा वर्षे धानखेती हुने गरेकामा अहिले घटेर आठ हजार तीन सय २० हेक्टर क्षेत्रफलमा धानखेती भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

यस अवधिमा वर्षे धानखेती गर्ने क्षेत्रफल चार हजार २० हेक्टर क्षेत्रफल घटेको छ भने दुई हजार पाँच सय छ मेट्रिक टन धान उत्पादनमा कमी आएको छ ।

विसं २०६० सालमा ११ हजार सात सय ८० मेट्रिक टन चैते धान उत्पादन भएकामा विसं २०७९ मा सात हजार नौ सय ३८ मेट्रिक टन चैत धान उत्पादन भएको छ । त्यतिबेला तीन हजार आठ सय हेक्टर क्षेत्रफलमा चैते धानखेती हुने गरेकामा अहिले घटेर एक हजार आठ सय ९० हेक्टर क्षेत्रफलमा मात्रै हुने गरेको छ ।

यस अवधिमा चैते धानखेती गर्ने क्षेत्रफल एक हजार नौ सय १० हेक्टर क्षेत्रफल घटेको छ भने तीन हजार आठ सय ४२ मेट्रिक टन धान उत्पादनमा कमी आएको छ । विसं २०६० मा आठ हजार एक सय ९४ मेट्रिक टन धान उत्पादन भएकामा विसं २०७९ मा २५ मेट्रिक टनमात्रै धान उत्पादन भएको छ । त्यतिबेला तीन हजार नौ सय दुई हेक्टर क्षेत्रफलमा घैय्या धानखेती हुने गरेकामा अहिले १० हेक्टर क्षेत्रफलमा मात्रै उक्त खेती भइरहेको छ ।

यस अवधिमा घैय्या धानखेती गर्ने क्षेत्रफल तीन हजार आठ सय ९२ हेक्टरले घटेको छ भने आठ हजार एक सय ६९ मेट्रिक टन कमी आएको छ । कार्यालयले चैते धानलाई विशेष जोड दिएर कार्यक्रम सञ्चालन गर्न लागेको छ । चैते धानतर्फ कृषकको आकर्षण बढाउन चालु आर्थिक वर्षमा कार्यक्रम सञ्चालन गरिने उहाँको भनाइ छ । यसका लागि कार्यालयले हाइब्रिड बीउ, हाते ट्रयाक्टर, धान उत्पादनमा प्रोत्साहन वितरणलगायतका कार्यक्रम ल्याएको छ ।

गत आव २०७९÷८० मा कार्यालय चैते धान प्रवर्द्धनका लागि रु ५० लाख बजेट विनियोजन गरेको थियो । चालु आव २०८०÷८१ मा त्यसलाई बढाएर रु एक करोड ५० लाख पुर्याइएको छ । गत आवमा चैते धान प्रवर्द्धन कार्यक्रममार्फत १० वटा समूहलाई दुई हजार पाँच सय केजी हाइब्रिड बीउ वितरण गरिएको थियो । त्यसका लागि रु ४३ लाख ५९ हजार खर्च भएको थियो । त्यस्तै १६ हजार १२ केजी उन्नत बीउ, २५ वटा हाते ट्रयाक्टर, ३४ वटा मिलका साथै धान उत्पादनमा रु छ लाख प्रोत्साहन रकम उपलब्ध गराइएको थियो ।

चालु आवमा चैते धानको बीउ प्रतिस्थापन, उन्नत र हाइब्रिड बीउ प्रयोगमा जोड, मेसिनरी प्रयोग, चैते धान सुकाउने मेसिन, धान काट्ने मेसिन वितरण, कुलो निर्माण र मर्मत, चामल मिलको स्तरोन्नति र चैते धानको बजारीकरणमा सहयोग गरिने ज्ञान केन्द्रले जनाएको छ ।

दसैँ पर्यटन मेला सम्पन्न

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित तनहुँको भिमाद नगरपालिका–५ मिछुर्लुङमा सञ्चालन भएको पाँचौँ मिछुर्लुङ दसैँ मेला सकिएको छ । यही कात्तिक ८ गतेदेखि सुरु भएको उक्त मेला कोजाग्रत पूर्णिमाको दिन समापन भएको हो ।

तेस्रो नेत्र युवा संस्थाले दसैँको अवसर पारी मेलाको आयोजना गरेको थियो । मेलाको अवसरमा आयोजित जुनियर पुरुष भलिबल प्रतियोगिताको उपाधि गण्डकी मेटल समूह भिमादले जितेको छ । शनिबार सम्पन्न फाइनलमा किहुँस्थित हुक्का समूहलाई पराजित गर्दै गण्डकी मेटल समूहले उपाधि जितेको हो । प्रतियोगितामा माझकोट समूह तृतीय भएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूहलाई क्रमशः रु ३० हजार, २० हजार र दश हजार नगदसहित ट्रफी प्रदान गरिएको आयोजक संस्थाका सचिव अमृत थापाले जानकारी दिनुभयो । महोत्सव समापनका अवसरमा मौलिक कौरा र लोपोन्मुख झाम्रे नृत्य प्रस्तुत गरिएको थियो ।

मगर जातिको बाहुल्य रहेको मिछुर्लुङको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित विगत पाँच वर्षदेखि प्रत्येक दसैैँमा मेला आयोजना हुँदै आएको छ । महोत्सवको समापन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जितप्रकाश आलेले ग्रामीण पर्यटन प्रवर्द्धनमा सरकारको सहयोग रहने बताए । मन्त्री आलेले ग्रामीण पर्यटन समृद्धिको आधार भएकाले यसमा सरकारको साथ रहने बताए ।

उहाँले भन्नुभयो, “पर्यटनबाट समृद्धि सम्भव छ, त्यसमाथि ग्रामीण पर्यटन समृद्धिको आधार हो । सरकार पर्यटन प्रवर्द्धनका लागि सबै हिसाबले सहयोग गर्न सकारात्मक छ ।” भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले नगरपालिकाले पर्यटनलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाएको बताए । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भद्रपुर मालपोतद्वारा ४४ करोड ५० लाख राजस्व सङ्कलन

झापा। भूमिसुधार तथा मालपोत कार्यालय झापाले चालु आर्थिक वर्षको सात महिनामा रु ४४ करोड ५७ लाख ३७ हजार चार सय

बक्यौता नतिर्ने उद्योगको लाइन काट्न सहमति माग्दै प्राधिकरणले आयोगमा पत्र…

काठमाडाैँ । बक्यौता नतिर्ने उद्योगको लाइन काट्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ फेरि सक्रिय भएका छन् । यसअघि

सर्लाहीका ४७ जना उखु किसान सम्मानित

बरहथवा । इन्दु शङ्कर चिनी उद्योगले आधुनिक विधि र प्रविधिको प्रयोगसहित १९ जातका उखु उत्पादन गरेका ४७ जना उखु किसानलाई

छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड खर्च

काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड ७८ लाख बजेट खर्च भएको छ ।

समस्या झेल्दै ‘भोजपुरे खुकुरी’ उद्योग

भोजपुर। पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरी व्यवसायका लागि प्रख्यात छ । यहाँ बनेको खुकुरीको नेपालभित्र मात्र होइन, देशबाहिर पनि त्यतिकै

तल्लो सोलु हाइड्रो निर्माणको अन्तिम चरणमा

सोलुखुम्बु। जिल्लाको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला हाइड्रोपावर निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति

Techie IT